Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

फिक्कल बजारमा सूर्योदय नगरपालिकाको कडाइ : म्याद गुज्रिएका सामान जफत, उपभोक्ता खुशी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ११, २०८२ मा प्रकाशित

इलाम । दशैं–तिहार नजिकिँदै गर्दा सूर्योदय नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै फिक्कल बजारमा कडाइका साथ अनुगमन गरेको छ।

नगरपालिकाले विशेषगरी खाद्य सामग्री, किराना तथा उपभोग्य वस्तुमा म्याद गुज्रिएका सामान, गुणस्तरीय परीक्षण नभएका उत्पादन र अवैध रुपमा भित्र्याइएका सामग्री बिक्री भइरहेको सूचनाका आधारमा छड्के निरीक्षण गरेको हो।

अनुगमनका क्रममा म्याद नाघेका विभिन्न खाद्य सामग्री, अनुमति बिना बिक्रीवितरण भइरहेको गुटखाजन्य पदार्थ जफत गरिएको छ। यसअघि पनि इलाम नगरपालिकाले अवैध मदिरा कारोबार गर्ने समूहविरुद्ध कारबाही गर्दै ठूलो परिमाणमा मदिरा नियन्त्रणमा लिएको थियो।

चाडपर्वका बेला मात्र नभई अन्य समयमा समेत यस्ता गतिविधि बढ्ने गरेको उपभोक्ताको गुनासो छ। तर, पछिल्लो समय स्थानीय तहले अनुगमनलाई प्राथमिकतामा राखेको भन्दै सर्वसाधारणले प्रशंसा गरेका छन्।

अनुगमनको क्रममा उपस्थित ग्राहकहरूले यस किसिमको निरीक्षणलाई निरन्तरता दिन सुझाव दिएका छन्। उनीहरूले बजार व्यवस्थापन पारदर्शी बनाउनका लागि त्रैमासिक वा चौमासिक रुपमा अनुगमन गर्नुपर्ने, नगर वडामा दर्ता बिना चलाइएका पसल तथा कारोबारलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।

सूर्योदय नगरपालिकाका प्रतिनिधिहरूले भने, “चाडबाडमा नागरिकलाई नोक्सान पुर्याउने गतिविधि रोक्न हामी गम्भीर छौं। उपभोक्ताको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो।”

यसरी स्थानीय सरकारको सक्रियतापछि बजारमा व्यापारीहरू सचेत हुने र उपभोक्ता अधिकार थप सुरक्षित हुने विश्वास गरिएको छ।

 

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.