इलाम । नेपाली संगीत बजारमा नयाँ गीत ‘ख्याल गर्ने बानीले’ सार्वजनिक भएको छ। charkhole music official युट्युब मार्फत सार्वजनिक गरिएको यस गीतले छोटो समयमै दर्शक–श्रोताको ध्यान आकर्षित गरेको छ। यसको गीतकार तथा संगीतकार स्वयं चारखोले शिशिर लिङ्गदम् हुनु हुन्छ भने गंगा फियाक सँग चारखोले शिशिर लिङ्गदम् ज्यु कै आवाजमा यो गीत सुन्न सकिन्छ भने भिडियोको नव पात्र लाल कान्छी सिरियलको चर्चित कलाकार बिनु लिम्बु र सुवास लिङ्गलमको बेजोड प्रस्तुति रहेको छ। सुवास लिङ्गदमकै सकृयतामा ल्याईएको ख्याल गर्ने बानीले बोलको यस गीतलाई मनोज साङसोन राईको एरेन्जर, शुरेस राईको रेकर्डिङ र राजु कार्की ज्युको मिक्सिङ रहेको छ। यस गीतलाई धरानको चिण्डे डाँडा र तिनजुरे डाँडामा छायांकन गरिएको थियो भने निर्देशनमा खगेन्द्र पङ्धाक ज्युरहनु भएको थियो।
गीतमा जीवनका भावनात्मक पक्षलाई चित्रण गरिएको छ। विशेषगरी प्रेममा देखिने बानी र व्यवहारलाई सरल शब्द र आकर्षक धुनमार्फत प्रस्तुत गरिएको छ। गीत सुन्दा श्रोताले आफ्नै जीवनसँग सम्बन्धित अनुभव महसुस गर्न सक्ने भएकाले यसले छिट्टै लोकप्रियता पाइरहेको छ।
गीतको संगीत संयोजन, स्वर र भिडियो निर्देशनले पनि धेरैलाई प्रभावित पारेको छ। भिडियोलाई रंगिन दृश्य र कलाकारहरूको दमदार अभिनयले अझै प्रभावकारी बनाएको दर्शकले टिप्पणी गरेका छन्।
सार्वजनिक भएको केही दिनमै गीतले charkhole music official युट्युबमा उल्लेख्य भ्युज, लाइक र कमेन्ट पाएको छ। सामाजिक सञ्जालमा पनि यस गीतलाई दर्शकले साझा गर्दै उत्साहजनक प्रतिक्रिया दिइरहेका छन्।
नेपाली संगीत बजारमा नयाँ सिर्जना लगातार सार्वजनिक भइरहेका बेला ‘ख्याल गर्ने बानीले’ ले श्रोता–दर्शकलाई थप विकल्प दिएको छ। गीतसँगै संगीतप्रेमीले कलाकारलाई निरन्तर प्रोत्साहन गर्नुपर्नेमा संगीतकर्मीहरूले जोड दिएका छन्। आगामी दिनहरुमा charkhole music official बाट यस्तै यस्तै लोक साँस्कृतिक पहिचान बोकेको गीतहरुको शिर्जनाहरु निरन्तर पस्कि रहने जानकारी स्वयं गीतको गीतकार, संगीतकार तथा गायक चारखोले शिशिर लिङ्गदम् ज्युले बताउनु भएको छ। सम्पूर्ण टिमलाई हार्दिक शुभकामना ।























