Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलामको सोयाक निन्दाखुबाट गर्भवती महिलाको सफल उद्धार

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २५, २०८२ मा प्रकाशित

विपद्को बीचमा समयमै उद्धार, आमा र शिशु दुवैको अवस्था सुरक्षित

इलाम ।
अविरल वर्षा र प्राकृतिक विपदका बीच इलाम नगरपालिका–११ सोयाक निन्दाखुबाट एक गर्भवती महिलाको सफल उद्धार गरिएको छ । स्थानीय स्तरमा समन्वय र सहकार्यका कारण २७ वर्षीया अस्मिता राईको ज्यान सुरक्षित गर्न सम्भव भएको हो ।

शुक्रबार राति स्वास्थ्य समस्या गम्भीर बन्दै गएपछि स्थानीयबासीले सम्बन्धित निकायलाई खबर गरेका थिए । कठिन भू–भाग र निरन्तर वर्षाका कारण आवागमन अवरुद्ध रहे पनि तत्काल उद्धार टोली परिचालन गरिएको थियो ।

उद्धार कार्यमा स्वास्थ्य कार्यालय इलामका प्रमुख अदित्य शाक्य, सामुदायिक स्वास्थ्य केन्द्र निन्दाखुका प्रमुख विष्णु बहादुर राई, स्वास्थ्यकर्मी अनिता सुब्बा, र जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा सफलतापूर्वक उद्धार सम्पन्न भएको हो ।

समयमै उद्धार कार्य सम्पन्न भएपछि अस्मिता राईलाई सुरक्षित स्थानमा पुर्‍याइएको र उपचारपछि आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

स्थानीय जनप्रतिनिधिहरू र उद्धार टोलीका सदस्यहरूले विपदका समयमा तत्काल उद्धार सम्भव हुन सक्ने उदाहरण प्रस्तुत गरेको भन्दै गर्भवती महिलाको जीवन रक्षा भएकोमा खुशी व्यक्त गरेका छन् ।

यस उद्धारमा समन्वय, सहयोग र सक्रिय भूमिका निभाउने सबैप्रति स्थानीयले आभार व्यक्त गरेका छन् ।

यस घटनाले विपदका समयमा सहकार्य र शीघ्र प्रतिक्रिया कत्तिको महत्वपूर्ण हुन्छ भन्ने देखाएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.