इलामकी प्रतिभाशाली छोरी भावना खापाङ्गी मगरलाई हार्दिक बधाई
इलाम । इलामकी प्रतिभाशाली युवती भावना खापाङ्गी मगरले Acting Star Season 1 मा फर्स्ट रनर अप बन्न सफल भएकी छिन्। अभिनय क्षेत्रको नयाँ प्रतिभा खोज्ने उद्देश्यले आयोजना गरिएको यो प्रतिस्पर्धामा उनले देखाएको अद्भुत अभिनय, आत्मविश्वास र लगनशीलताले सबैको मन जित्न सफल भएको छ।
उनको यो उपलब्धिले केवल व्यक्तिगत सफलता मात्र होइन, इलाम जिल्लाको गौरव पनि बनेको छ। स्थानीय युवाहरूले पनि उनको सफलता देखेर अभिनय र कला क्षेत्रप्रति थप उत्साह व्यक्त गरेका छन्।
भावनालाई Acting Star Nepal टिमका साथै विभिन्न कलाकार, दर्शक र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई र शुभकामना व्यक्त गरिरहेका छन्।
उनी भविष्यमा नेपाली चलचित्र तथा मिडिया क्षेत्रमा अझ ठूला सफलताका साथ स्थापित हुने अपेक्षा गरिएको छ। इलामका युवायुवतीहरूका लागि उनको सफलता प्रेरणाको स्रोत बनेको छ।
“इलामे छोरी भावना खापाङ्गी मगरलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना।”
#ActingStarNepal
#BhawanaKhapangiMagar
#rabibazarnews.com























