Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलामको चेतना नाट्य समूहलाई एकैपटक पाँच राष्ट्रिय पुरस्कार

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ३०, २०८२ मा प्रकाशित

इलाम । इलामको कला र प्रतिभाको केन्द्रका रूपमा परिचित चेतना नाट्य समूहले देशव्यापी रूपमा ऐतिहासिक सफलता हात पारेको छ। समूहका कलाकार नितेस लोहारले निर्देशन गरेको लघु चलचित्र ‘संगीनी’ ले राष्ट्रिय लघु चलचित्र महोत्सवमा प्रथम स्थान हासिल गरेको हो।

त्यही चलचित्रबाट नितेस लोहारले उत्कृष्ट लेखकको अवार्ड तथा सलिना अधिकारीले उत्कृष्ट महिला कलाकारको अवार्ड जित्न सफल भएकी छन्।

त्यसैगरी चेतना नाट्य समूहले निर्माण गरेको अर्को चलचित्र ‘अन्तिम राप’ ले सोही प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ। उक्त चलचित्रका कलाकार दर्शन घिमिरेले उत्कृष्ट अभिनेताको अवार्ड जित्दै इलामको नाम झन् उच्च बनाएका छन्।

राष्ट्रिय लघु चलचित्र महोत्सवको आयोजना हरीकल्याणी रिमाल नाट्य संगवित प्रतिष्ठानले गरेको हो। देशभरिबाट २३ वटा लघु चलचित्रले सहभागिता जनाएका थिए, जस मध्ये ७ वटा फिल्म विभिन्न विधामा मनोनयनमा परेका थिए।

निर्णायक मण्डलमा भुवन चन्द (नेपालकी पहिलो नायिका), मदन दास श्रेष्ठ र हरीहर शर्मा जस्ता चर्चित व्यक्तित्वहरू रहेका थिए।

यसअघि पनि चेतना नाट्य समूहका कलाकारले राष्ट्रिय स्तरमा लगातार सफलता पाइरहेका छन्। हिजोमात्र “Acting Star Nepal Season 1” प्रतियोगितामा इलामकी चेली तथा समूहकी कलाकार भावना खपाङ्गी मगरले फस्ट रनर अपको उपाधि जितेकी थिइन्।

इलामको सांस्कृतिक क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन योगदान दिँदै आएको चेतना नाट्य समूहको यो उपलब्धि जिल्लावासीका लागि गर्वको विषय बनेको छ।

तस्बिर Ilam Green बाट

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved