Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलाममा जारी प्रथम चिबुवा कप : आज दुई रोचक खेल हुँदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ३१, २०८२ मा प्रकाशित

इलाम । इलामको माङसेबुङ गाउँपालिका–३, चिबुवामा जारी प्रथम चिबुवा कप फुटबल प्रतियोगितामा आज (शुक्रबार) दुई रोचक खेलहरू हुने भएका छन्।

आयोजक चिबुवा युथ क्लबका अध्यक्ष उद्देश लिम्बूका अनुसार पहिलो खेलमा चिबुवा युथ क्लब ‘बी’ र फ्युचर स्टारबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सर्जनशील एफसी र बतासे एफसी आमनेसामने हुनेछन्।

बिहीबार उद्घाटनसँगै सुरु भएको प्रतियोगिताको पहिलो दिन दुई टिमले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा दशमी फुटबल क्लबले एनवाइसी मान्द्रलाई ३–२ गोलको अन्तरले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनायो। त्यसैगरी, दोस्रो खेलमा युथ अफ माङसेबुङले आयोजक चिबुवा युथ क्लब ‘सी’ विरुद्ध २–० गोलको सहज जित निकाल्दै अर्को चरणमा प्रवेश गरेको हो।

प्रतियोगिता स्थानीय जनकल्याण आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेता टिमले रु. ४० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. २५ हजार नगदसहित ट्रफि र मेडल पाउनेछन्।

चिबुवा युथ क्लबको आयोजनामा भइरहेको यो प्रतियोगितामा इलाम र पाँचथर जिल्लाका २४ टिमहरूको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल आउँदो कात्तिक १० गते हुने तय गरिएको आयोजक समितिले जनाएको छ।

स्थानीय युवाहरूले खेलकुदमार्फत गाउँमा एकता, भाईचारा र खेलप्रतिको उत्साह बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।

 

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved