Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जेनजी आन्दोलनमा जलेका ४०१ प्रहरी कार्यालय पुनः सञ्चालनमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ३१, २०८२ मा प्रकाशित

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विभिन्न स्थानमा भएको आगजनीबाट क्षति पुगेका प्रहरी कार्यालयहरू बिस्तारै पुनः सञ्चालनमा आएका छन्। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङका अनुसार, आगजनीमा परेका ४६५ प्रहरी कार्यालयमध्ये ४०१ वटा कार्यालय पुनर्स्थापना भई सञ्चालनमा आइसकेका छन्।

७०औं प्रहरी दिवसको अवसरमा आयोजना गरिएको अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा बोल्दै महानिरीक्षक खापुङले समुदायको सहयोग र सक्रिय सहभागिताका कारण धेरै कार्यालयहरू पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताए।
उनले भने, “समुदाय स्तरबाट स्वस्फूर्त रूपमा ती कार्यालयहरू पुनः सञ्चालनमा आएका हुन्। हामी नेपाली जनताको सहयोगी भावना र विश्वासका लागि आभारी छौं।”

नेपाल प्रहरीले अहिले देशभर ७९ हजार ५४१ जनशक्तिसहित सेवा सञ्चालन गरिरहेको छ। प्रहरी महानिरीक्षक खापुङका अनुसार, देशभरबाट ९३९ स्थानमा नयाँ प्रहरी इकाइ स्थापना गर्न माग आएको छ। उनले थपे, “नेपाल प्रहरीलाई अझ प्रभावकारी बनाउन करिब २५ हजार थप जनशक्तिको आवश्यकता रहेको छ।”

उनले प्रहरी संगठनमाथि उठ्ने आलोचना र प्रश्नहरूलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने बताए।
उनका शब्दमा, “हामीले जनताको विश्वास जित्न आफैँलाई शुद्ध र पारदर्शी बनाउनु अत्यावश्यक छ। प्रहरीको आचरण नै हाम्रो पहिचान हो, त्यसमा सुधार ल्याउन हामी प्रतिबद्ध छौं।”

नेपाल प्रहरीले हाल समुदायसँग सहकार्यमा आधारित सुरक्षा व्यवस्था सुदृढ बनाउने अभियान चलाइरहेको छ। आगजनीपछि पुनःस्थापित प्रहरी कार्यालयहरूले स्थानीय सुरक्षामा सहयोग पुर्‍याइरहेका छन्।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.