Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

माङ्सेबुङमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विपद् व्यवस्थापनबारे विशेष निरीक्षण र अन्तरक्रिया

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १, २०८२ मा प्रकाशित

इलाम । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्ला सुरक्षा संयन्त्रको टोलीले माङ्सेबुङ गाउँपालिका–१ गजुरमुखीस्थित विपद्‌ प्रभावित क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गरेको छ।

निरीक्षणका क्रममा टोलीले विपद्‌का कारण विस्थापित भएका परिवारसँग प्रत्यक्ष संवाद गर्दै पुनर्स्थापना र राहत कार्यमा भइरहेको प्रगति बारे जानकारी लिएको थियो। प्रभावित परिवारको अवस्था बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले स्थानीय तह, समुदाय र सरकारी निकायबीच समन्वय र सहकार्यका माध्यमबाट पुनःनिर्माण कार्यलाई गति दिने प्रतिबद्धता जनाइन्।

उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेनाका प्रतिनिधिहरू समेत सहभागी थिए। टोलीले विपद्‌ व्यवस्थापनमा देखिएका समस्या, चुनौती र आगामी रणनीतिबारे समेत स्थानीय सरोकारवालासँग विस्तृत अन्तरक्रिया गरेको थियो।

यसै क्रममा पाकिस्तान सरकारबाट प्राप्त सहयोग सामग्रीहरू देउमाई नगरपालिकास्थित विपद्‌ प्रभावित क्षेत्रमा हस्तान्तरण गरिएको छ। सो क्रममा सहयोगका सामग्रीहरू उचित स्थानमा उपयोग हुने गरी व्यवस्थापन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको थियो।

स्थानीयवासीले सरकारी टोलीको स्थलगत निरीक्षण र छलफलले आफूहरूमा राहतको आशा र विश्वास जगाएको बताएका छन्।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved