Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

माङसेबुङमा जारी प्रथम चिबुवा कपमा रोमाञ्चक खेल, आयोजक ‘बी’ र बतासे एफसी विजयी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १, २०८२ मा प्रकाशित

इलाम । माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगिता रोमाञ्चक बन्दै गएको छ। शुक्रबार सम्पन्न दुई प्रतिस्पर्धात्मक खेलमा आयोजक चिबुवा युथ क्लब ‘बी’ र बतासे एफसीले उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणमा स्थान सुनिश्चित गरेका छन्।

पहिलो खेलमा आयोजक टोलीले फ्युचर स्टारमाथि २–० को सहज जित हात पारेको हो। खेलको पहिलो हाफमै उत्कृष्ट तालमेल प्रस्तुत गर्दै तारा लिम्बू र मनकुमार लिम्बूले एक–एक गोल गरेका थिए। दर्शकहरूले घरेलु टोलीको प्रदर्शनमा उत्साहका साथ ताली बजाएर साथ दिएका थिए।

त्यसैगरी दोस्रो खेलमा बतासे एफसीले सिर्जनशील एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। बतासेको जितमा राजकुमार राईले निर्णायक गोल गर्दै टोलीलाई अघिल्लो चरणमा पुर्‍याएका थिए।

प्रतियोगिता अन्तर्गत शनिबार पनि दुई रोमाञ्चक खेल हुने भएका छन्। पहिलो खेलमा योङहाङ एफसी र नाचुहाङ एफसी आमनेसामने हुनेछन् भने दोस्रो खेलमा महमाई एफसी र सिक्तेम्बा एफसीबीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको आयोजक समिति अध्यक्ष उद्देश्य लिम्बूले जानकारी दिए।

चिबुवा युथ क्लबको आयोजनामा भइरहेको यस प्रतियोगिताको विजेताले ४० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, भने उपविजेताले २५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्ने छन्।

स्थानीय जनकल्याण आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा इलाम र पाँचथर जिल्लाका २४ वटा टिम सहभागी भएका छन्। खेलप्रेमीहरूको ठूलो उपस्थितिले मैदानमा उत्साह थपिएको छ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते भव्य समारोहका बीच सम्पन्न हुने आयोजकले जनाएको छ। स्थानीय युवाहरूले यस प्रतियोगितामार्फत खेलकुदप्रतिको रुचि बढ्ने र प्रतिभा पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved