Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कतारस्थित सद्भाव युवा समूहद्वारा देउमाई र माङसेबुङका प्रकोप पीडितलाई राहत सहयोग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ५, २०८२ मा प्रकाशित

इलाम । इलाम जिल्लाका देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा हालैका प्राकृतिक प्रकोपका कारण प्रभावित परिवारलाई कतारस्थित सद्भाव युवा समूह, दोहाले आर्थिक राहत सहयोग गरेको छ।

समूहले दुबै स्थानीय तहका १९ घरपरिवारलाई कुल एक लाख १५ हजार रुपैयाँ बराबरको नगद सहयोग उपलब्ध गराएको हो। सोमबार आयोजित एक सादा समारोहका बीच उक्त सहयोग वितरण गरिएको हो।

कार्यक्रममार्फत माङसेबुङ गाउँपालिकाका ९ घरपरिवारलाई ५५ हजार रुपैयाँ र देउमाई नगरपालिकाका १० घरपरिवारलाई ६० हजार रुपैयाँ प्रदान गरिएको सद्भाव युवा समूहका संयोजकले जानकारी दिएका छन्।

उनका अनुसार कतारमा रहेका युवाहरूले आपसमा सहयोग संकलन गरी नेपालका विपद्‌ग्रस्त परिवारलाई सानो सहयोगका रूपमा यो रकम पठाएको हुन्। “हामी विदेशमा रहे पनि देशका दुःखमा सधैं साथ दिन तयार छौं,” संयोजकले भने।

स्थानीय जनप्रतिनिधि र राहत पाउने पीडितहरूले विदेशमा रहेका नेपाली युवाहरूको यस सहयोगलाई मानवताको उदाहरणका रूपमा लिएका छन्। उनीहरूले यस्तो सहयोगले कठिन समयमा ठूलो हौसला मिलेको बताएका छन्।

यसअघि पनि सद्भाव युवा समूह कतारले विभिन्न सामाजिक तथा मानवीय अभियानमार्फत इलामका विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ। समूहले आगामी दिनमा शिक्षा, स्वास्थ्य र आपतकालीन राहत क्षेत्रमा अझ सक्रिय भएर काम गर्ने योजना बनाएको बताइएको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved