Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भैरहवा मेडिकल कलेजका नर्सिङ कर्मचारीको आन्दोलन जारी, तलब र सुविधाको माग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ५, २०८२ मा प्रकाशित

भैरहवा । भैरहवा मेडिकल कलेजका नर्सिङ कर्मचारीहरूले नेपाल सरकारले तोकेको तलब र सुविधाको कार्यान्वयनको माग गर्दै आन्दोलन सुरु गरेका छन्। लामो समयदेखि प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नहुँदा उनीहरू सडक आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनमा रहेका नर्सिङ स्टाफहरूले सरकारद्वारा तोकिएको तलब, भत्ता, करार नियुक्ति, स्थायी दरबन्दी र अनुभव प्रमाणपत्र उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले बारम्बार माग राख्दा पनि अस्पताल प्रशासनले बेवास्ता गरेको आरोप लगाएका छन्।

नर्सिङ स्टाफका अनुसार सरकारले सबै निजी तथा शिक्षण अस्पतालहरूमा न्यूनतम तलब सुविधा सुनिश्चित गर्न परिपत्र जारी गरे पनि भैरहवा मेडिकल कलेजले उक्त निर्णय पालना नगरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

आन्दोलनरत नर्सहरूले भने आपतकालीन सेवामा भने अवरोध नगरेका छन्। उनीहरूले “हामी बिरामीको सेवामा बाधा पुर्‍याउन चाहँदैनौँ, तर हाम्रो श्रमको सम्मान हुनुपर्छ” भन्ने अडान लिएका छन्।

स्वास्थ्य मन्त्रालयले यसअघि सबै अस्पतालहरूलाई नर्स र स्वास्थ्यकर्मीको तलब तथा सुविधा कानूनी मापदण्ड अनुसार सुनिश्चित गर्न निर्देशन दिएको थियो। तर, भैरहवा मेडिकल कलेजमा त्यो कार्यान्वयन नभएको नर्सिङ संघका प्रतिनिधिहरूको आरोप छ।

नेपाल नर्सिङ संघले स्वास्थ्यकर्मीहरूको मागलाई न्यायोचित बताउँदै तत्काल समाधानका लागि सरकार र अस्पताल प्रशासनबीच छलफल गर्न आग्रह गरेको छ। संघका अनुसार आन्दोलन लामो समयसम्म जारी रहँदा अस्पतालका सामान्य सेवामा असर पर्न सक्ने भएकाले सम्बन्धित पक्षले तुरुन्त पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।

यता, अस्पताल प्रशासनले भने कर्मचारीहरूको माग सम्बोधनका लागि आन्तरिक छलफल भइरहेको बताएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.