Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रथम चिबुवा कप फुटबल प्रतियोगिता : पीएफसी महमाई र आयोजक ‘ए’ विजयी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ८, २०८२ मा प्रकाशित

इलाम – माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगितामा पीएफसी महमाई र आयोजक टोली ‘ए’ विजयी भएका छन्।

शुक्रबार सम्पन्न पहिलो खेलमा पीएफसी महमाईले बोझोला एफसीलाई ४–१ को गोल अन्तरले पराजित गरेको हो। पीएफसीको जितमा उदिप लिम्बूले दुई गोल गर्नुका साथै सुमन लिम्बू र जिसन लिम्बूले एक–एक गोल थपेका थिए। दोस्रो खेलमा आयोजक ‘ए’ टोलीले सिङफेरे एफसीलाई ४–० गोल अन्तरमा पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ।

प्रतियोगिता अघि बिहीबारको खेलमा आयोजक चिबुवा युथ क्लब ‘बी’ लाई पराजित गर्दै दशमी एफसी विजयी भएको थियो। त्यस्तै, युथ अफ माङसेबुङलाई पराजित गर्दै बतासे एफसी, र योङहाङ एफसीलाई पराजित गर्दै कालापानी एफसी विजयी भएका थिए।

प्रतियोगिताको अन्तर्गत शनिवार पहिलो खेलमा बतासे एफसी र पीएफसी महमाईबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कालापानी एफसी र दशमी एफसीबीच प्रतिस्पर्धा हुने कार्यक्रम तय गरिएको छ।

प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफि र प्रमाणपत्र पाउने व्यवस्था छ।

स्थानीय जनकल्याण आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल कात्तिक १० गते बिहान १० बजे हुने जानकारी आयोजकले दिएको छ।

यस प्रतियोगितामा इलाम र पाँचथरका २४ टोली सहभागी भएका छन्, जसले क्षेत्रीय फुटबलमा प्रतिस्पर्धा र खेल कौशलको उत्कृष्ट प्रदर्शन गरेका छन्।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.