काठमाडौँ — त्रिकोणात्मक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो हाफमै अग्रता लिएको छ।
सोमबार साँझ शिलाङस्थित जवाहरलाल नेहरू रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म नेपालले भारतलाई १–० गोलले अग्रता बनाएको हो।
नेपालका लागि फरवार्ड **सावित्रा भण्डारी (साम्पा)**ले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएकी हुन्। सावित्राको गोलपछि नेपाली टोली आत्मविश्वासका साथ खेलमा अग्रसर देखिएको छ।























