इलाम —इलाम जिल्लाको देउमाइ नगरपालिका वडा : ६ का समाजसेवी तथा वडा सदस्य राजकुमार लिङदेनले आफ्नो जन्मदिनको अवसरमा इलाम–१० स्थित श्री माइ भगवती बृद्धआश्रमका सात जना वृद्धवृद्धालाई फलफूल र आवश्यक खाद्यान्न उपलब्ध गराएका छन्।
उहाँले वृद्धवृद्धासँग समय बिताउँदै उनीहरूको स्वास्थ्य र सुख–शान्तिको कामना पनि गर्नुभयो। आश्रमका प्रतिनिधिहरूले यस सहयोगका लागि आभार प्रकट गरेका छन्।
लिङदेनले आगामी दिनमा पनि असहाय र विपन्न व्यक्तिहरूका लागि यस्ता मानवसेवामूलक गतिविधि निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।























