काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा विराटनगर भन्सार कार्यालयले राजश्व सङ्कलनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा उल्लेखनीय सुधार गरेको छ।
कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार श्रावण, भाद्र र आश्विन महिनामा लक्षित रकमको पूर्ण हासिल भने नगरे पनि, गत वर्षको तुलनामा राजश्व सङ्कलन रकम र प्रतिशत दुवैमा वृद्धि देखिएको छ।
श्रावण: ३ अर्ब ३८ करोड ६ लाख ९३ हजार रुपैयाँको लक्ष्यमा २ अर्ब ६५ करोड ६७ लाख ६९ हजार (७८.५९%) सङ्कलन।
भाद्र: ३ अर्ब ४९ करोड २६ हजारको लक्ष्यमा २ अर्ब ८० करोड ८४ लाख २ हजार (८०.४७%) सङ्कलन।
आश्विन: ३ अर्ब ४९ करोड ८४ लाख ४९ हजारको लक्ष्यमा २ अर्ब ८८ करोड ६४ लाख ९९ हजार (८२.५१%) सङ्कलन।
गत वर्षको तथ्याङ्कसँग तुलना गर्दा यस वर्षको सुधार स्पष्ट देखिन्छ। गत वर्ष भाद्रमा केवल ६८.२५% र आश्विनमा ७४.६५% मात्र राजश्व उठेको थियो भने यस वर्ष क्रमशः ८०% र ८२% नाघेको छ।
विशेषत: भाद्र र आश्विन महिनामा गत वर्षको निराशाजनक प्रदर्शनलाई सुधार गर्दै यस वर्ष ठुलो प्रगति भएको भन्सार कार्यालयले जनाएको छ।























