Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सुर्योदयमा रेडक्रसद्वारा गर्भवती र सुत्केरी महिलालाई राहत वितरण अभियान सुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १७, २०८२ मा प्रकाशित

प्रविन बि.सी.
ईलाम, कार्तिक १७ नेपाल रेडक्रस सोसाइटी फिक्कल उपशाखाले संयुक्त राष्ट्रसंघ (UNF) को सहयोगमा सुर्योदय नगरपालिकाको समन्वयमा गर्भवती र सुत्केरी महिलाहरूलाई लक्षित गर्दै विशेष राहत वितरण अभियान सुरु गरेको छ। मातृत्व सुरक्षासँग सम्बन्धित यो अभियान सोमबार वडा नं. १३ बाट औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

कार्यक्रमका क्रममा फिक्कल रेडक्रसले ६ जना सुत्केरी र ९ जना गर्भवती गरी १५ जना महिलालाई ‘विन्टर किट्स (Winter Kits)’ र ‘डिग्निटी किट्स (Dignity Kits)’ वितरण गरेको जनाएको छ। उक्त सामग्रीमा स्वास्थ्य सुरक्षाका सामान, लुगा, सरसफाइ सामग्री र चिसो मौसममा आवश्यक पर्ने दैनिक प्रयोगका वस्तुहरू समावेश थिए।

वडा नं. १३ का अध्यक्ष हेमराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि फिक्कल रेडक्रस सोसाइटीका सभापति सुजन नेपाल हुनुहुन्थ्यो। कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी, स्वास्थ्यकर्मी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रेडक्रस उपशाखाका उपसचिव टीका घिमिरेले गत कात्तिक १८ गतेको भीषण बाढीपहिरोपछि जिल्लाका गर्भवती र सुत्केरी महिलाहरू विशेष जोखिममा परेकाले यो अभियान सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार सुर्योदय नगरपालिकाका सबै १४ वडामा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन भइरहेको छ।

सभापति सुजन नेपालले रेडक्रसको उत्तरदायित्व समुदायसँग जोडिएको बताउँदै गर्भवती र सुत्केरी महिलाहरूको स्वास्थ्य, सुरक्षा र सम्मानका लागि संस्थाले निरन्तर सहकार्य र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गा बराल, विपद् व्यवस्थापन संयोजक सिर्जन गदाल, स्वास्थ्य शाखाका प्रतिनिधि तथा वडा कार्यालयसँगको सहकार्यको प्रशंसा गर्नुभयो।

त्यस्तै वडा अध्यक्ष हेमराज आचार्यले रेडक्रस र UNF प्रति धन्यवाद ज्ञापन गर्दै राहत अभियानले स्थानीय महिलाहरूमा आशा र आत्मविश्वास जगाएको बताउनुभयो। उहाँले वडास्तरीय सेवा, जनस्वास्थ्य र सामुदायिक सशक्तीकरणमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

राहत प्राप्त गर्ने महिलाहरूले पाएको सहयोगले कठिन समयमा ठूलो राहत पुगेको भन्दै रेडक्रसप्रति आभार प्रकट गरेका छन्। कार्यक्रममा सञ्चालन वडा कार्यालयकी कर्मचारी यमुना लुइटेलले गर्नुभएको थियो।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.