Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

दक्षिण कोरियाबाट आएको राहत इलामको पीडित परिवारलाई हस्तान्तरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २१, २०८२ मा प्रकाशित

इलाम । इलामेलि सेवा समाज दक्षिण कोरिया मार्फत प्राप्त सहयोग नगद रूपमै फाकफोकथुम गाउँपालिकाका प्रशासकीय अधिकृत निर्मल तुम्रोकको टिमद्वारा प्रदान गरिएको छ।

गत असोज १८–१९ गतेको अविरल वर्षात्का कारण पैरोमा परि ज्यान गुमाएका स्व. सुरेश लिम्बूका परिवारलाई राहत वितरण गरिएको हो। राहत रकम रु १०,००० पीडित परिवारका अभिभावक श्री जीत बहादुर लिम्बूलाई हस्तान्तरण गरिएको छ।

राहत वितरण कार्यक्रममा सहभागी:

फाकफोकथुम स्वास्थ्य शाखा अधिकृत श्री याम बस्नेत

पञ्जिकरण शाखा कर्मचारी श्री बिमल घिमिरे

पालिका सहायक सव–इन्जिनियर श्री दीपेश राई

पालिका कर्मचारी श्री गोविन्द लामिछाने

प्रमुख प्रशासकीय अधिकृत श्री निर्मल तुम्रोक

समाजसेवी श्री पदम थेगिम लिम्बू

राहत वितरणका क्रममा उपस्थित व्यक्तिहरूले पीडित परिवारलाई दुःखको क्षणमा साथ दिने, सहानुभूति प्रकट गर्ने र प्रदेशभरी रहेका नेपाली दाजुभाइ–बहिनीहरूको सहयोग बुझाउने उद्देश्य राखिएको थियो।

राहत ग्रहण गर्दै श्री जीत बहादुर लिम्बूले भने, “छोरा गुमाउँदा ठूलो पीडा भयो, तर देश–विदेशका दाजुभाइहरूको सहयोग र सहानुभूति पाएर आफूलाई एक्लो महसुस भएन। दक्षिण कोरियाबाट आएको यस सहयोगले हाम्रो मनमा ठूलो सहारा पुगेको छ।”

समाजले यस राहत उपलब्ध गराउन सहयोग गर्ने दक्षिण कोरियाली टिम प्रति हार्दिक आभार व्यक्त गरिएको छ। विशेष राहत सहजकर्ताका रूपमा पूर्व अध्यक्ष श्री केदार निरौला र टीका थेगिमलाई पनि धन्यवाद दिइएको छ।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.