Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सुनसरीका डिएसपी खतिवडा काज सरुवा, स्थानमा डिएसपी खड्का

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २५, २०८२ मा प्रकाशित

इटहरी, सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडालाई काज सरुवा गरिएको छ। उनी कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा सरुवा भएका हुन्।

खतिवडाको स्थानमा डिएसपी चन्द्र खड्का सुनसरी आइपुग्ने भएका छन्। खतिवडाले झण्डै सात महिना मात्र सुनसरीमा सेवा अवधि पूरा गरेका थिए। उनको आकस्मिक सरुवाले प्रहरी संगठनभित्र चर्चा पाएको छ।

प्रहरी स्रोतका अनुसार, एसपी केशव थेबे र डिएसपी खतिवडाबीच कार्यशैलीमा केही असमझदारी रहेको बताइन्छ। केही मातहत इन्चार्जहरूले पनि डिएसपी खतिवडाको व्यवहारबारे गुनासो गरेको स्रोतले जनाएको छ।

एक प्रहरी अधिकृतका अनुसार, “एसपी थेबे र डिएसपी खतिवडाबीच तालमेल राम्रो थिएन। यसअघि पनि खतिवडाको अघिल्ला एसपीसँग कार्यगत मतभेद देखा परेको थियो।”

खतिवडामाथि सहकर्मीमाथि कडा व्यवहार र अपशब्द प्रयोग गरेको आरोप समेत लागेको बताइन्छ।

यस विषयमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता एसएसपी दीपक पोखरेलले भने, “डिएसपी खतिवडाको सरुवा नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत गरिएको हो,” भनेर संक्षिप्त प्रतिक्रिया दिए।

स्रोतका अनुसार, सुनसरीका एसपी थेबे बिदामा रहेका बेला डिएसपी सरुवा गरिएको हो। हाल विराटनगरमा कार्यरत डिएसपी चन्द्र खड्का छिट्टै सुनसरीमा कार्यभार सम्हाल्ने तयारीमा छन्। एसपी थेबे बिदाबाट फर्किएपछि औपचारिक जिम्मेवारी हस्तान्तरण हुने जनाइएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.