Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलाम अस्पतालमा नयाँ इमर्जेन्सी ब्लक निर्माणको सम्झौता सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २५, २०८२ मा प्रकाशित

इलाम । इलाम जिल्ला अस्पतालमा अत्याधुनिक इमर्जेन्सी ब्लक निर्माण तथा आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि पहिलो चरणको सम्झौता सम्पन्न भएको छ।

यो परियोजना इलाम नगरपालिकाले भारतीय राजदूतावाससँग गरेको प्रस्तावका आधारमा अघि बढाइएको हो। २०७९ सालमा नगरपालिकाले दूतावासमा पठाएको परियोजना प्रस्ताव स्वीकृत भएपछि अब भवन निर्माण र उपकरण खरिद कार्य अघि बढ्न लागेको हो।

२०८२ साल कात्तिक २४ गते (2025 November 10) सम्पन्न सम्झौता पत्रमा इलाम नगरपालिकाका तर्फबाट नगर प्रमुख केदार थापा र भारतीय राजदूतावासका प्रतिनिधिबीच हस्ताक्षर भएको हो। सम्झौता अनुसार करिब १९ करोड ७५ लाख रुपैयाँ बराबरको लागतमा भवन निर्माण र उपकरण खरिद कार्य सम्पन्न गरिनेछ।

नगरपालिकाका अनुसार अब टेन्डर प्रक्रिया छिट्टै अघि बढाइने तयारी भइरहेको छ। निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य नगरपालिकाले लिएको छ।

इलाम जिल्ला अस्पताल पूर्वी नेपालको एक प्रमुख स्वास्थ्य संस्था हो, जसले इलाम, पाँचथर, ताप्लेजुङ लगायत आसपासका जिल्लाका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। नयाँ इमर्जेन्सी ब्लक निर्माणपछि उपचार सेवा अझ प्रभावकारी, सहज र आधुनिक हुने अपेक्षा गरिएको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved