Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

क्यान्सर पीडितलाई सिम्रिक सहकारीद्वारा एक लाख रुपैयाँ सहयोग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २६, २०८२ मा प्रकाशित

इलाम । सिम्रिक सहकारी संस्था लिमिटेड, नेपालटार सेवा केन्द्रले क्यान्सरबाट पीडित आफ्नी सदस्य निर्मला लुइटेललाई आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको सदस्य सुरक्षा कोषबाट लुइटेललाई रु. एक लाख रुपैयाँ उपचार सहयोग रकम हस्तान्तरण गरिएको हो।

सहयोग कार्यक्रममा संस्थाका कार्यालय प्रमुख गोबिन्द गर्तौलाले लामो समयदेखि सञ्चालन हुँदै आएको “प्राणघातक रोग उपचार सहयोग राहत कार्यक्रम” मार्फत यो सहयोग उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार, सहकारीले “एक घर, एक सदस्य अभियान—सिम्रिक सफलताको पहिचान” भन्ने नारासहित आर्थिक मात्र नभई सामाजिक क्षेत्रमा पनि निरन्तर योगदान दिइरहेको छ।

सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिका–१ का वडाध्यक्ष गायत्री राम बस्नेत तथा कार्यालय प्रमुख गर्तौलाले संयुक्त रूपमा पीडित लुइटेललाई सहयोग रकम हस्तान्तरण गरेका थिए।

कार्यक्रममा समाजसेवी तथा स्वास्थ्यकर्मी राजेन्द्र ढुंगेल, शिक्षक मदन दाहाल, दिपेन्द्र लुइटेल, निर्मल तिम्सिना, नेपालटार माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बिष्णु प्रसाद लुइटेल, डम्बरदेवी माध्यमिक विद्यालयका शिक्षक टिका प्रसाद लुइटेल, ज्येष्ठ नागरिक तथा समाजसेवी शान्तिराम लुइटेललगायत करिब २६ जना स्थानीय व्यक्तिहरू सहभागी थिए।

सो अवसरमा गर्तौलाले सहकारीको उद्देश्य, राहत कोषको अवधारणा र सदस्यमाझको एकताको महत्त्वबारे जानकारी प्रस्तुत गरे। त्यस्तै, वडाध्यक्ष बस्नेतले समुदायमा सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको सिम्रिक सहकारीप्रति आभार व्यक्त गर्दै निरन्तर यस्ता अभियानले सहकारीको साख थप उँचो बनाउने विश्वास व्यक्त गरे।

आन्द्राको क्यान्सरबाट ग्रसित लुइटेलको उपचारमा अहिलेसम्म धेरै आर्थिक खर्च भइसकेको र पारिवारिक अवस्था कमजोर रहेको भन्दै परिवारजनले सहयोगका लागि इच्छुक महानुभावलाई आग्रह गरेका छन्।

सहयोग कार्यक्रममा सहभागी स्थानीयहरूले सिम्रिक सहकारीको मानवतामूलक पहलको प्रशंसा गर्दै यस्तो गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका छन्। उनीहरूले सिम्रिक सहकारीले देखाएको सहानुभूति, जिम्मेवारी र सामाजिक प्रतिवद्धता अनुकरणीय रहेको उल्लेख गरेका छन्।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.