Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलामका मोडल मुकेस गुरुङलाई छैटौं जीनियस अवार्ड–२०८२ मा ‘बेस्ट डेब्यु मोडल’ सम्मान

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २८, २०८२ मा प्रकाशित

इलाम । पहाडको सुन्दर कला–संस्कृति र प्रतिभाले भरिपूर्ण जिल्ला इलामले फेरि एकपटक अर्को सफल अनुहार पाएको छ। इलाम सूर्योदय नगरपालिका–१०, फिक्कलका प्रतिभाशाली मोडल मुकेस गुरुङले छैटौं जीनियस अवार्ड–२०८२ मा **‘बेस्ट डेब्यु मोडल’**को उपाधि हात पार्दै इलामको प्रतिष्ठा झनै उचो बनाएका छन्।

मोडलिङ क्षेत्रमा उदाउँदै गरेका गुरुङले अभिनय गरेको ‘तिमी बिना’ गीतमा देखाएको प्रभावकारी प्रस्तुति र आत्मविश्वासी अभिनय कौशलका आधारमा यस वर्ष उनी उत्कृष्ट नव–मोडलको रूपमा घोषित भएका हुन्। सो गीतलाई गायिका रोजिना बस्नेत र गायक साउगात जंग खड्काले आफ्ना स्वरले सजाएका छन्, जसले मुकेसको अभिनयलाई अझ प्रस्ट रूपले उजागर गरेको बताइन्छ।

छैटौं जीनियस अवार्ड–२०८२ को भव्य कार्यक्रम राजधानी काठमाडौंस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको थियो। देशभरका कलाकार, मोडल, तथा सांस्कृतिक व्यक्तित्वहरू उपस्थित भव्य कार्यक्रममा मुकेस गुरुङको नाम सार्वजनिक भएलगत्तै ताली र प्रशंसाले हल गुञ्जिएको थियो।

यसअघि पनि मुकेस गुरुङले मोडलिङ क्षेत्रमा कदम राखेपछि छोटो समयमा दुईवटा अवार्ड जितेर सबैको ध्यान खिचिसकेका छन्। निरन्तर मेहनत, अनुशासन र आफ्नै पहिचान बनाउने दृढ इच्छाशक्तिका कारण उनी अहिलेका चर्चित अनुहारहरूमा समान रूपमा परिचित हुँदै गएका छन्।

इलामका युवाहरूको प्रतिभालाई राष्ट्रिय स्तरमा पु¥याउने उदाहरणका रूपमा मोडल गुरुङलाई हेरिएको छ। फिक्कलदेखि काठमाडौंसम्मको यात्रामा उनले गरेका चुनौती, संघर्ष र त्याग धेरै युवाहरूका लागि प्रेरणादायी मानिन्छ।

मोडलिङ क्षेत्रमा अझै नयाँ प्रयोग र सशक्त पहिचान बनाउने आफ्नो लक्ष्य रहेको मुकेसले निकट भविष्यमा थप परियोजनाहरू सार्वजनिक गर्ने तयारीसमेत गरेका छन्। इलामका कला–मनस्क युवाहरूलाई राष्ट्रिय मञ्चमा चिनाउने उनी जस्तै प्रतिभाहरूले जिल्लाको पहिचान उजिल्याइरहेको स्थानीयहरूको प्रतिक्रिया छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.