Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

एन्फाले राष्ट्रिय लिग तथा ‘ए’ डिभिजन लिगबारे विस्तृत छलफल सुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ७, २०८२ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबलको संरचना तथा प्रतियोगितालाई व्यवस्थित गर्न राष्ट्रिय लिग र सहिद स्मारक ‘ए’ डिभिजन लिगबारे औपचारिक छलफल प्रक्रिया सुरु गरेको छ।

एन्फाले सुरु गरेको छलफलमा ‘ए’ डिभिजन लिगका क्लब, प्रतिनिधि तथा खेलाडीहरू सक्रिय रूपमा सहभागी भएका छन्। आगामी सिजनको तयारी, प्रतियोगिताको ढाँचा, समय तालिका तथा व्यवस्थापन–सम्बन्धी विषयमा व्यापक परामर्श जारी रहेको एन्फाले जनाएको छ।

यसअघि क्लब र खेलाडीहरूले ‘ए’ डिभिजन लिग नियमित रूपमा आयोजना गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका थिए। फुटबल खेलाडीहरूले प्रशिक्षण, करिअर निरन्तरता र प्रतिस्पर्धात्मक वातावरण सिर्जनाका लागि लिग अनिवार्य रहेको भन्दै दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएका थिए।

नेपाली फुटबल पछिल्लो समय अव्यवस्था, समयमै लिग नहुनु, संरचनागत समस्या र प्रशासनिक कमजोरीका कारण आलोचना झेल्दै आएको छ। यही पृष्ठभूमिमा एन्फाले छलफल सुरु गरेको कदमलाई क्लब र खेलाडीहरूले सकारात्मक रूपमा हेरेका छन्।

एन्फाको भनाइअनुसार राष्ट्रिय लिग तथा ‘ए’ डिभिजन लिगलाई दीर्घकालीन योजना अन्तर्गत स्थिर र समयमै सञ्चालन गर्ने उद्देश्यका साथ छलफल अघि बढाइएको हो। प्रतिस्पर्धात्मक फुटबल नियमित सञ्चालन भएमा देशभरि फुटबल विकास, खेलाडीको स्तर उकास्ने, र राष्ट्रिय टोलीमा खेलाडी छनोट सहज हुने अपेक्षा राखिएको छ।

सहभागी क्लब तथा खेलाडीहरूले लिगको ढाँचा, पारदर्शिता, आर्थिक पक्ष र दीर्घकालीन योजना सम्बन्धी सुझाव राखिरहेका छन्। छलफल सम्पन्न भएपछि एन्फाले आगामी सिजनका लागि थप नीतिगत निर्णय गर्ने तयारी गरिरहेको एन्फा स्रोतले बताएको छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.