Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

शिक्षिकाद्वारा जन्मदिनकै दिन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ८, २०८२ मा प्रकाशित

इलाम । इलाम नगरपालिका–१२ साङ्रुम्बास्थित रत्नलक्ष्मी आधारभूत विद्यालयकी शिक्षिका गंगा देवी अधिकारीले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग संख्या जोड्दै विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन्। शिक्षण क्षेत्रमा लामो समयदेखिको अनुभव बोकेकी अधिकारीले जन्मदिन मनाउने परम्परालाई समाजोपयोगी कार्यमार्फत अर्थपूर्ण बनाउनु आवश्यक रहेको बताउँदै विद्यालयका बालबालिकालाई अध्ययनमा जोड दिन सहयोगस्वरूप सामग्री प्रदान गरेको उल्लेख गरिन्।

शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार लिम्बू, पूर्व अध्यक्ष तथा समितिका सदस्य यामबहादुर कटुवाल, सदस्य ठगेन्द्र कटुवाल, जानुका खड्का कोइरालालगायतको उपस्थिति रहेको थियो। उनीहरूको सक्रिय सहभागितासहित कुल १५ जना विद्यार्थीलाई आवश्यक पर्ने नोटबुक, कलमलगायतका सामग्रीहरू हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयमा सञ्चालन भइरहेका विभिन्न शैक्षिक कार्यक्रम, विशेषगरी अक्षय कोष निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष भरतकुमार घिमिरे पनि उपस्थित थिए। शैक्षिक वातावरणमा सुधार ल्याउन समुदायको सहभागिता आवश्यक रहेको जनाउँदै उनले यस प्रकारका सकारात्मक पहलहरूले विद्यार्थीमा अध्ययन–उत्साह बढाउने विश्वास व्यक्त गरे।

त्यसैगरी, सोही अवसरमा साङ्ग्रुम्बाकी निवासी गोमा देवी घिमिरे वरालले पनि पाँच जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै सहयोगको हात अघि बढाइन्। विद्यालय समुदायले यस्ता योगदानबाट विद्यार्थीहरूलाई थप प्रेरणा मिल्ने उल्लेख गर्दै सबैलाई धन्यवाद व्यक्त गरेको थियो।

कार्यक्रमको अन्त्यमा विद्यालयले आजकै मितिबाट ‘शुभजन्मोत्सव कोष’ सञ्चालनमा ल्याइने जानकारी गराएको थियो। उक्त कोषमार्फत आगामी वर्षहरूमा पनि जन्मदिन जस्ता अवसरलाई सामाजिक र शैक्षिक योगदानमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.