Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

एनपिएल क्रिकेटमा सट्टेबाजी काण्ड : १० जना पक्राउ, करोडौँ बराबरको अवैध कारोबार खुलासा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ८, २०८२ मा प्रकाशित

त्रिवि क्रिकेट मैदानमा जारी रहेको नेपाल प्रिमियर लिग (एनपिएल) को बीचमा ठूलो सट्टेबाजी काण्ड बाहिरिएको छ। खेल चलिरहेको अवस्थामा नै अवैध ऑनलाइन सट्टेबाजी तथा सम्भावित म्याच फिक्सिङ गतिविधिमा संलग्न भएको आरोपमा १० जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये ९ जना भारतीय नागरिक र १ जना नेपाली रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले पछिल्लो केही दिनमा मात्र करिब २ करोड ५ लाख रुपैयाँ बराबरको अवैध सट्टेबाजी कारोबार सञ्चालन गर्दै आएका थिए। अनुसन्धानका क्रममा उनीहरूले विभिन्न अन्तर्राष्ट्रिय अनलाइन बेटिङ प्लेटफर्महरू—जसमध्ये Stake.com, BetBook.com, Betacool Live जस्ता साइट मुख्य रूपमा प्रयोग गरिएको खुलासा भएको छ।

प्रहरीले निगरानी बढाएपछि खेलमैदान नजिकैबाट यी व्यक्तिहरूलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानले उनीहरू समूहगत रूपमा खेलको हरेक बल–हरेक क्षणको प्रत्यक्ष प्रसारण हेरी विदेशी सट्टेबाजी साइटमा रकम लगानी गरेर अवैध कारोबार गरिरहेको पाइएको छ।

सुरक्षाका अधिकारीहरूले यस्तो गतिविधिले नेपालको खेल जगतको विश्वसनीयता र निष्पक्ष खेल संस्कृतिमा नकारात्मक असर पार्ने भन्दै कडाइका साथ कारबाही अघि बढाइने बताएका छन्। यस घटनाले एनपिएल मात्र होइन, देशको क्रिकेट क्षेत्रमा पनि नयाँ प्रश्नहरू उब्जाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र सँगै संलग्न अन्य व्यक्ति वा समूहको खोजी भइरहेको जनाएको छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.