Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रेडपान्डा म्याराथन सम्पन्न : महिलातर्फ निर्मला राई, स्थानीय पुरुषतर्फ राजन मेन्याङ्बो प्रथम

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १, २०८२ मा प्रकाशित

सन्दकपुर (इलाम) । ४४ दशमलव २ किलोमिटर दूरीको रेडपान्डा म्याराथनमा महिलातर्फ खोटाङकी निर्मला राई प्रथम भएकी छन्। उनले ५ घन्टा ४० मिनेट ३६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधिसहित नगद एक लाख पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

महिलातर्फकै प्रतिस्पर्धामा सुनसरीकी रोकाया दोस्रो भइन्। उनले ५ घन्टा ४० मिनेट ३९ सेकेन्डमा दूरी पूरा गर्दै एक लाख रुपैयाँ हात पारिन्। कल्पना बुढा तेस्रो हुँदै ५० हजार रुपैयाँ पुरस्कार जितिन् भने राज्यलक्ष्मी शाक्य चौथो स्थानमा रहँदै २० हजार रुपैयाँ प्राप्त गर्न सफल भइन्।

स्थानीय (इलाम, पाँचथर र ताप्लेजुङ) पुरुष समूहमा पाँचथरका राजन मेन्याङ्बो प्रथम भए। उनले ४ घन्टा ३९ मिनेट १० सेकेन्डमा दूरी पार गरी २५ हजार रुपैयाँ पुरस्कार पाए। पाँचथरकै विशाल राई दोस्रो भए भने इलामका राजेन्द्र लिम्बू तेस्रो स्थानमा रहे। ताप्लेजुङका रमेश लिम्बू चौथो भए।

म्याराथन मंगलबार बिहान साढे ७ बजे इलाम बजारबाट सुरु भई सन्दकपुर डाँडामा पुगेर सम्पन्न भएको थियो। समुद्री सतहबाट करिब १ हजार ८ सय २० मिटरदेखि ३ हजार ६ सय १० मिटर उचाइसम्मको कठिन भू–भागमा प्रतियोगिता आयोजना गरिएको थियो।

विश्वमै दुर्लभ मानिने रेडपान्डा तथा जैविक विविधताको संरक्षणबारे जनचेतना फैलाउने उद्देश्यका साथ दीपज्योति युवा क्लबको आयोजनामा म्याराथन गरिएको हो। प्रतियोगितामा नेपाल र भारतका गरी ६२ पुरुष र ११ महिला धावकहरूको सहभागिता रहेको थियो। पुरुष खुलातर्फ गजेन्द्र राई पहिलो, करण रावल दोस्रो तथा कर्णवीर रोका तेस्रो भएका छन्।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.