Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीलाई स्वागत

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ४, २०८२ मा प्रकाशित

विराटनगर । साउथ एसियन स्कूल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज, विराटनगरले बीबीए र बीएचएम कार्यक्रमका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्न कलेज परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि डा. श्रेष्ठले विद्यार्थीहरूलाई अध्ययनमा अनुशासन, सीप विकास र व्यवहारिक ज्ञानमा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले पर्यटन तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सास्थम कलेजको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। साथै, कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै पूर्वाञ्चल क्षेत्रमै होटल व्यवस्थापन अध्ययनमा अग्रणी संस्थाको रूपमा पहिचान बनाएको बताउनुभयो।

कार्यक्रममा कलेजका अध्ययनरत विद्यार्थीहरूले यस शैक्षिक सत्रमा बीबीए र बीएचएममा भर्ना भएका नवप्रवेशीहरूलाई सांस्कृतिक नृत्य, फेसन शो (कल्चर र्याम्प), गीत तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीमार्फत स्वागत गरेका थिए।

क्याम्पस प्रमुख विनय केसीका अनुसार शैक्षिक सत्र २०२५ मा कलेजका विभिन्न तहमा उल्लेख्य संख्यामा विद्यार्थी भर्ना भएका छन्। बीएचएमतर्फ २२औँ ब्याचमा १४४ जना, बीबीएतर्फ १७औँ ब्याचमा ९६ जना तथा एमबीएतर्फ तेस्रो ब्याचमा ३३ जना विद्यार्थी अध्ययनरत छन्। यसै वर्षदेखि कलेजले एमएचएचएम कार्यक्रम पनि सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा सास्थम कलेजका प्रबन्ध निर्देशक रोशन बहादुर थापा, क्याम्पस प्रमुख विनय केसी, प्रशासन प्रमुख राजेश गुरुङ, बीएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेश, बीबीए कार्यक्रम निर्देशक केशव भण्डारी, प्लस टु को–अर्डिनेटर सुशिल खनाल, क्याम्पस व्यवस्थापक महेश्वर सिंहलगायतको उपस्थिति रहेको थियो।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.