Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अपाङ्गता भएका बालबालिकाको शिक्षामा सहयोग गर्दै चुलाचुली गाउँपालिका

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ५, २०८२ मा प्रकाशित

इलाम । इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले अपाङ्गता भएका बालबालिकाको शैक्षिक सहभागिता र सिकाइ प्रक्रियालाई सहज बनाउने उद्देश्यले शैक्षिक सामग्री सहयोग कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको पहलमा पालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत २७ जना अपाङ्गता भएका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो।

कार्यक्रमअन्तर्गत पौष ३ गते वडा नम्बर ३ बाट सामग्री वितरण सुरु गरिएको थियो भने त्यसपछि वडा नम्बर ४ मा रहेका बालबालिकालाई समेत सामग्री उपलब्ध गराइएको शाखाले जानकारी दिएको छ। कार्यक्रममार्फत विद्यालयमा प्रयोग हुने ब्याग, कापी, कलम लगायतका आधारभूत सामग्री वितरण गरिएको हो।

यस कार्यक्रमका लागि गाउँपालिकाले ५० हजार रुपैयाँ बजेट छुट्याएको जनाएको छ। शैक्षिक सामग्रीको अभावका कारण पढाइमा समस्या झेल्दै आएका बालबालिकालाई लक्षित गरी कार्यक्रम कार्यान्वयन गरिएको शाखाको भनाइ छ। यसबाट बालबालिकामा विद्यालयप्रतिको रुचि बढ्नुका साथै नियमित अध्ययनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अपाङ्गता भएका बालबालिकालाई समयमै आवश्यक सामग्री उपलब्ध गराउँदा उनीहरूको आत्मविश्वास वृद्धि हुने र शैक्षिक वातावरणमा सहज अनुकूलन हुन मद्दत पुग्ने विश्वास लिइएको छ। यस किसिमको सहयोगले अभिभावकहरूको आर्थिक भार कम गर्नसमेत सहयोग पुगेको शाखाले जनाएको छ।

चुलाचुली गाउँपालिकामा हाल महिला २१० जना र पुरुष २९६ जना गरी जम्मा ५०६ जना अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्याङ्क छ। गाउँपालिकाले उनीहरूको शिक्षा, सामाजिक समावेशीकरण तथा सशक्तीकरणलाई केन्द्रमा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता पहललाई निरन्तरता दिने जनाएको छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.