Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रधानमन्त्री कार्कीले सुहाङसँग गरिन् चुनाव तयारीबारे छलफल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ६, २०८२ मा प्रकाशित

काठमाण्डौ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो शान्ति र स्थिरता सुनिश्चित गर्न प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री कार्कीले आइतबार इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भेटघाट गर्दै चुनावको तयारीमा कुनै ढिलाइ नगर्न आग्रह गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलसँगको संवादमा भने, “हामी चुनाव गराउनै लागेका छौँ। असामान्य परिस्थितिमा पनि शान्ति स्थापना र कानुनको शासन बहाली गर्न सफल भएका छौँ। अबको हाम्रो मुख्य लक्ष्य चुनाव सम्पन्न गराउनु हो। चुनाव भए मात्र मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्न सकिन्छ।”

सांसद नेम्बाङले प्रधानमन्त्री कार्कीलाई सफलतापूर्वक चुनाव सम्पन्न गराउन शुभकामना व्यक्त गरे। उनले भने, “हाम्रो शुभेच्छा छ। चुनाव सफलतापूर्वक सम्पन्न होस् भन्ने हाम्रो कामना छ।” यसैबीच प्रधानमन्त्री कार्कीले नेम्बाङसँग चुनावमा उठ्ने तयारीबारे पनि जानकारी लिनु भयो।

नेम्बाङले चुनावको तयारी अघि बढाइरहेको जानकारी दिएपछि प्रधानमन्त्री कार्कीले युवा नेतृत्वमा जोड दिँदै भन्नुभयो, “चुनाव हुनेछ। तयारी अवस्थामा रहनुहोस्। देशको नेतृत्वमा युवा आउनुपर्छ। पुरानाको अनुभव महत्त्वपूर्ण छ, तर देशलाई स्मार्टफोनसँगै जन्मिएका नयाँ पुस्ताले अघि बढाउनुपर्छ। युवा साहसी, ऊर्जावान र साहसिक निर्णय लिन सक्षम हुन्छन्। त्यसैले अब देशको बागडोर युवा नेतृत्वले सम्हाल्नुपर्छ।”

यसैबीच, नेम्बाङले इलाममा भर्खरै आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुल पुनःनिर्माणमा तदारुकता देखाउनुपर्ने विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री कार्कीले उक्त विषयमा सरकार गम्भीर रहेको जानकारी दिँदै हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन गरी फर्किसकेको र आवश्यक कदम चाँडै चालिने जानकारी दिइन्।

यस भेटघाटले आगामी निर्वाचनका लागि युवामुखी नेतृत्व, चुस्त व्यवस्थापन र शीघ्र तयारी सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण संकेत दिएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.