Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलाम–७ मा सुरक्षित आप्रवासनअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुँदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ७, २०८२ मा प्रकाशित

इलाम नगरपालिका–७ नम्बर वडा कार्यालयको समन्वय तथा इलाम नगरपालिकाको सहयोगमा चालू आर्थिक वर्ष २०८२/८३ भित्र सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुने भएको छ ।

वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूका घरपरिवारका सदस्यहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त कार्यक्रम इलाम नगरपालिका–७ नम्बर वडाभित्र सञ्चालन गरिनेछ ।

कार्यक्रम सञ्चालनका विषयमा सरोकारवालाहरूबीच आवश्यक समन्वय तथा तयारीका लागि वडा सदस्य बबिता राईको अध्यक्षतामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा इलाम नगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका फोकल पर्सन तथा प्रशासकीय अधिकृत श्री बबुल भक्तराज, वडा सदस्यहरू बसन्ती घतानी र विरेन्द्र देवानको उपस्थिति रहेको थियो ।

त्यसैगरी वडा महिला समन्वय समितिका अध्यक्ष तथा पदाधिकारीहरू, विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा ताराकुटी टोल विकास संस्थाका अध्यक्ष खिना बस्नेत, भानु रत्न टोल विकास संस्थाका अध्यक्ष चन्द्रमणि भट्टराई, चियाबारी टोल विकास संस्थाका अध्यक्ष विक्रम लिम्बू, आदर्श टोल विकास संस्थाका अध्यक्ष बालकुमारी देवान, माइस्थान टोल विकास संस्थाका अध्यक्ष महानन्द भक्तराज तथा शंकरी देवी प्रगति टोल विकास संस्थाका अध्यक्ष खेम खतिवडासहित सबै टोल विकास संस्थाका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा आप्रवासी स्रोत केन्द्र, इलामका आर्थिक परामर्शकर्ता कल्पना थापा, सामी कार्यक्रमका वित्तीय साक्षरता सहजकर्ता हिमा गुरुङ, मनोसामाजिक परामर्शकर्ता कल्पना गजमेर, कर्मचारीहरू ज्योति खड्का, खगेन्द्र कटुवाल तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले वित्तीय साक्षरताको महत्व, कार्यक्रमको प्रभावकारिता तथा लक्षित वर्गसम्म प्रभावकारी रूपमा पहुँच पुर्‍याउने विषयमा आ–आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए ।

छलफलका क्रममा आगामी २०८२ साल पौष १४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका व्यक्तिका घरपरिवारका सदस्यहरूलाई लक्षित गरी वित्तीय साक्षरता तालिम सुरु गर्ने निर्णय गरिएको छ । तालिममा सहभागी हुन इच्छुक वडाबासीहरूले आगामी पौष १३ गतेभित्र आ–आफ्नो टोल विकास संस्थामार्फत वडा कार्यालयमा आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

२१ हप्ते वित्तीय साक्षरता तालिम सफलतापूर्वक सम्पन्न भएपछि उपलब्ध बजेटको सीमाभित्र रही सहभागीहरूलाई सीपमूलक तथा आयआर्जनसँग सम्बन्धित तालिम समेत प्रदान गरिने जानकारी दिइएको छ । यसबाट वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीको उचित व्यवस्थापन, बचत, लगानी तथा दीर्घकालीन आर्थिक सुरक्षामा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम सञ्चालन तथा व्यवस्थापन वडा प्रशासकीय प्रमुख खड्ग बस्नेतले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा आप्रवासी स्रोत केन्द्र, इलामले वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने सावधानी, रोजगारीका क्रममा ध्यान दिनुपर्ने विषयहरू तथा सुरक्षित आप्रवासनसम्बन्धी महत्वपूर्ण जानकारी आर्थिक परामर्शकर्ता कल्पना थापामार्फत सहभागीहरूलाई प्रदान गरेको थियो ।

स्थानीय तहको सहकार्य र समुदायको सक्रिय सहभागितामा सञ्चालन हुन लागेको यस कार्यक्रमले वैदेशिक रोजगारीमा आश्रित परिवारहरूको आर्थिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.