Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विपद् पार गर्दै इलाममा पुनः खेलकुदको चहलपहल बढ्दै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ८, २०८२ मा प्रकाशित

इलाम । विपद् संकटग्रस्त जिल्ला घोषणा भएको इलाममा केही समयदेखि ठप्पजस्तै बनेका खेलकुद गतिविधि पुनः सक्रिय हुन थालेका छन्। गत अशोज १८ गते अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति पुर्‍याएपछि जिल्लाभरका खेलकुद कार्यक्रम स्थगित भएका थिए। तर अहिले अवस्था क्रमशः सामान्य बन्दै जाँदा खेलकुद क्षेत्रले पनि पुनर्जीवन पाउन थालेको छ।

इलामलाई खेलकुदमा अग्रणी जिल्ला मानिन्छ। सामान्य परिस्थितिमा यहाँ टोलस्तरदेखि पालिका र जिल्ला स्तरसम्म वर्षेनी सयभन्दा बढी खेलकुद प्रतियोगिता आयोजना हुँदै आएका छन्। आर्थिक वर्षको सुरुआती महिना साउन र भदौमा केही सीमित प्रतियोगिता हुने गरे पनि अशोजदेखि प्रत्येक पालिकामा विभिन्न खेलकुद कार्यक्रम सञ्चालन हुने परम्परा रहिआएको छ।

तर यस वर्ष अवस्था फरक रह्यो। भदौ महिनामा भएको ‘जेन्जी आन्दोलन’ र त्यसपछि अशोज १८ मा आएको बाढी–पहिरोका कारण जिल्लाको जनजीवन प्रभावित बनेपछि खेलकुद गतिविधि पूर्ण रूपमा ठप्प भए। प्राकृतिक विपद्का कारण ठूलो क्षति भएपछि इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरियो, जसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमै पर्‍यो। कात्तिक महिनासम्म अधिकांश प्रतियोगिता आयोजना हुन सकेनन्।

अहिले भने इलाम क्रमशः सामान्य अवस्थामा फर्किंदै गएपछि खेलकुद गतिविधि पनि पुनः सुरु हुन थालेका छन्। विभिन्न संघ–संस्था र स्थानीय क्लबहरूले सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा प्रतियोगिता आयोजना गरिरहेका छन्। पमसिटी युवा क्लब, फिक्कलका अध्यक्ष अनिल प्रधानका अनुसार, “विपद्पछिको कठिन अवस्थाबीच पनि खेलकुदले युवामा सकारात्मक ऊर्जा भर्ने काम गरेको छ, त्यसैले हामीले पुनः प्रतियोगिता आयोजना गर्न थालेका हौं।”

इलाममा विशेषगरी फुटबल प्रतियोगिताको बाहुल्य रहेको छ। ग्रामीण भेगका साना मैदानदेखि सदरमुकामस्थित ठूला टुँडिखेलसम्म फुटबल प्रतियोगिता नियमित रूपमा सञ्चालन हुने गर्छन्। विगतका वर्षहरूमा दशैं–तिहारको लामो बिदालाई लक्षित गर्दै अशोज र कात्तिकमा धेरै प्रतियोगिता आयोजना हुने गरे पनि यस वर्ष ती महिनामा केही सीमित कार्यक्रम मात्रै सम्पन्न भए।

यहाँ आयोजना हुने खेलकुद प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थिति रहने गर्छ। खेलमैदानको संरक्षण र मर्मतका लागि स्थानीय समाजसेवी, युवाहरू तथा स्थानीय तहले सहयोग गर्दै आएका छन्। साथै इलाममा हुने प्रतियोगितामा स्थानीय क्लबहरूसँगै पाँचथर, झापा, मोरङ तथा छिमेकी मुलुक भारतबाट समेत टोलीहरूको सहभागिता रहने गरेको छ।

खेल पत्रकार नमिन ढकालका अनुसार, “इलाममा आयोजना हुने खेलकुद प्रतियोगिताले नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्न ठूलो योगदान पुर्‍याउँदै आएको छ। विपद्का बाबजुद पनि खेलकुद गतिविधि पुनः सुरु हुनु सकारात्मक संकेत हो।”

विपद्ले थलिएको इलामको जनजीवनसँगै खेलकुद क्षेत्र पनि बिस्तारै उठ्दै गएको देखिन्छ। खेलकुद गतिविधिको पुनः सुरुआतले स्थानीय युवामा आशा, उत्साह र एकताको भावना बढाएको छ भने जिल्लालाई पुनः चलायमान बनाउने आधार तयार हुँदै गएको छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.