Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

दिक्तेल भानुचोकमा राष्ट्रिय विभूति भानुभक्त आचार्यको सालिक पुनर्निर्माण थालनी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ८, २०८२ मा प्रकाशित

खोटाङ। राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको कार्य दिक्तेल बजारस्थित भानुचोकमा औपचारिक रूपमा सुरु गरिएको छ। लामो समयदेखि जीर्ण र अव्यवस्थित अवस्थामा रहेको उक्त सालिकलाई संरक्षण तथा सौन्दर्यकरण गर्ने उद्देश्यका साथ पुनर्निर्माण प्रक्रिया अघि बढाइएको हो।

कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्य अभिवृद्धिका लागि एक करोड रुपैयाँको बजेट विनियोजन गरेपछि ठेक्का प्रक्रियामार्फत भानुचोक क्षेत्रमा पूर्वाधार विकासका काम सुरु भएका छन्। भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालका अनुसार, भानुभक्त आचार्यको सालिक अत्यन्त जीर्ण अवस्थामा पुगेकाले यसको संरक्षण अपरिहार्य देखिएको थियो। त्यसैले हाल रहेको स्थानबाट केही पर सार्दै आधुनिक र दिगो ढङ्गले पुनर्निर्माणको काम थालिएको हो।

पुनर्निर्माण योजनाअन्तर्गत सालिक आसपासको क्षेत्रलाई आकर्षक बनाइनेछ। खाली स्थानमा टायल जडान, रंगरोगन, व्यवस्थित प्रकाश व्यवस्थापन, हरियाली प्रवर्द्धनका लागि बगैँचा निर्माण, चोक चिनाउने साङ्केतिक चिह्न स्थापना तथा आदिकवि भानुभक्तका चर्चित कविताका केही पंक्ति समावेश गरिने जनाइएको छ। यसले भानुचोकलाई सांस्कृतिक पहिचानसहितको सार्वजनिक स्थलका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

यस कार्यलाई स्थानीय आवश्यकतासँग जोड्न टोल विकास संस्था, स्थानीयवासी तथा सरोकारवाला निकायसँग प्रत्यक्ष छलफल गरी सहमतिका आधारमा पुनर्निर्माण प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। स्थानीय सहभागिताले निर्माण कार्यप्रति अपनत्व बढाउने विश्वास लिइएको छ।

भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख दाहालका अनुसार पछिल्लो समय सङ्घीय अनुदान कटौती हुने सम्भावना रहेकाले समयमै बोलपत्र प्रक्रिया अघि नबढाइए बजेट फ्रिज हुने जोखिम थियो। यही कारण सबै सरोकारवाला निकायसँग विस्तृत समन्वय गर्न नसकिए पनि आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य तत्काल सुरु गरिएको उनले स्पष्ट पारे।

भानुचोकमा सालिक पुनर्निर्माण तथा बजार सौन्दर्यकरणका लागि कार्यालयले गत कात्तिक २ गते बोलपत्र आह्वान गरेको थियो। एक करोड रुपैयाँ बराबरको लागत अनुमान गरिए पनि सुदेवी कन्स्ट्रक्सन प्रालि, हलेसीले ८१ लाख ९ हजार २२९ रुपैयाँमा सम्झौता गरी निर्माण कार्य सुरु गरेको कार्यालयले जनाएको छ।

यसै योजनाअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ भित्र पर्ने केही सडक निर्माण तथा सुधारका कामसमेत अघि बढाइने तयारी गरिएको छ। बजार सौन्दर्यकरण र पूर्वाधार विकासले दिक्तेलको शहरी स्वरूपमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ भने राष्ट्रिय विभूतिको सम्मानका रूपमा भानुभक्त आचार्यको सालिकले सांस्कृतिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved