Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

स्वास्थ्य सेवा सुदृढीकरणमा केन्द्रित स्वास्थ्य विषयगत समितिको बैठक सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ९, २०८२ मा प्रकाशित

काठमाडौँ। आज मिति २०८२ साल पुस ९ गते माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमको अध्यक्षतामा स्वास्थ्य विषयगत समितिको बैठक सम्पन्न भएको छ।

संघ, प्रदेश र स्थानीय तहबीच स्वास्थ्य क्षेत्रमा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम गठित विषयगत समितिको बैठक आयोजना गरिएको हो।

बैठकमा प्रदेशस्तरमा स्वास्थ्य विषय हेर्ने मन्त्रालयका माननीय मन्त्रीहरू, नेपाल नगरपालिका संघका प्रतिनिधिहरू, संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरू, प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिवहरू तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उच्च पदस्थ अधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बैठकले देशभर सञ्चालनमा रहेका ५, १० र १५ शैयाका आधारभूत अस्पतालहरूको सहज तथा प्रभावकारी सञ्चालन, समुदायमा आधारित महामारीजन्य रोगहरूको निगरानी प्रणाली कार्यान्वयन, नसर्ने रोगहरूको स्क्रिनिङ, पहिचान तथा व्यवस्थापनका लागि अभियान सञ्चालन लगायतका विषयमा गहन छलफल गरेको छ।

त्यसैगरी, “स्वस्थ मन, मानसिक स्वास्थ्य सचेतना अभियान २०८२” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, खुद्रा तथा होलसेल औषधि पसलहरूको नियमित अनुगमन तथा नियमन, स्वास्थ्य संस्था र स्वास्थ्य जनशक्तिसँग सम्बन्धित एकीकृत सूचना प्रणालीको अधिकतम उपयोग, तथा मातृ तथा नवशिशु स्वास्थ्य सुधारका कार्यक्रमहरू सुदृढ रूपमा सञ्चालन गर्ने विषयहरू बैठकका महत्वपूर्ण एजेन्डा रहेका थिए।

बैठकमा तीन तहका सरकारबीच स्वास्थ्य नीति तथा कार्यक्रम कार्यान्वयनमा देखिने चुनौती, दोहोरोपन र समन्वयको अभाव हटाउन साझा रणनीति तय गर्ने विषयमा समेत छलफल भएको छ। संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट भूमिका निर्धारण गर्दै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी, गुणस्तरीय र जनमैत्री बनाउने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले संविधानले सुनिश्चित गरेको नागरिकको स्वास्थ्य अधिकारलाई व्यवहारमा उतार्न सबै तहका सरकारहरूबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा गरिने नीतिगत सुधार, कार्यक्रमको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाहको गुणस्तर अभिवृद्धिमा साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

बैठकले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मर्मअनुसार स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी, गुणस्तरीय र जनमुखी बनाउने साझा प्रतिबद्धता दोहोर्‍याएको छ। आगामी दिनमा यस्ता समन्वयात्मक बैठकलाई नियमित रूपमा निरन्तरता दिने सहमति समेत भएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.