Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रहरी इकाईहरूको निरीक्षण तथा स्थानीयसँग अन्तरक्रिया

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १३, २०८२ मा प्रकाशित

 सहनशीलतामा काम गर्न प्रहरीलाई एसपी कोइशून्यरालाको निर्देशन

इलाम, पुस १३ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोइरालाले जिल्लाअन्तर्गत रहेको प्रहरी चौकी जमुनाको औपचारिक निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।

निरीक्षणका क्रममा चौकीको भौतिक अवस्था, सेवा प्रवाह, कार्यसम्पादनको अवस्था र अभिलेख व्यवस्थापनको अवलोकन गर्दै एसपी कोइरालाले त्यहाँ कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनुभएको थियो । उहाँले प्रहरी सेवामा अनुशासन, इमान्दारिता र व्यावसायिकता अनिवार्य हुने उल्लेख गर्दै कुनै पनि किसिमको प्रलोभन, दबाब वा मोलाहिजामा नपरी शून्य सहनशीलताको सिद्धान्त अनुसार काम गर्न निर्देशन दिनुभयो ।

एसपी कोइरालाले कुनै पनि घटना घटेपछि ढिलासुस्ती नगरी तत्काल प्रतिक्रिया (Response) दिनु, अपराधको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नु तथा प्रहरी संगठनको छवि उच्च राख्ने गरी जिम्मेवारी निर्वाह गर्न सबै प्रहरी कर्मचारीलाई आह्वान गर्नुभयो । प्रहरी सेवामा आचरण र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँको जोड थियो ।

यसै अवसरमा स्थानीय जनप्रतिनिधि, जेष्ठ नागरिक, समाजसेवी तथा स्थानीय बासिन्दाको उपस्थितिमा अन्तरक्रिया तथा छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासा, सुझाव र गुनासाहरूको एसपी कोइरालाले स्पष्ट रूपमा सम्बोधन गर्नुभएको थियो ।

अन्तरक्रियाका क्रममा इलाम जिल्लाको वर्तमान शान्ति–सुरक्षा अवस्था, अपराध नियन्त्रण, लागूऔषध दुर्व्यसन, सामाजिक अपराध तथा समसामयिक सुरक्षा चुनौतीबारे विस्तृत छलफल गरिएको थियो । स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्दै प्राप्त सुझावलाई आगामी कार्ययोजनामा समेटेर कार्यान्वयन गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

निरीक्षण तथा अन्तरक्रिया कार्यक्रमले प्रहरी–नागरिक सम्बन्ध थप सुदृढ बनाउने, सेवा प्रवाहमा पारदर्शिता बढाउने र स्थानीयस्तरमा शान्ति सुरक्षालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.