Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सुन्तलाखेतीको विस्तार र मूल्य वृद्धि, तर उत्पादनमा कमी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १६, २०८२ मा प्रकाशित

म्याग्दी । म्याग्दी जिल्लाको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ। सुन्तलाखेती हुने जमिनको क्षेत्रफल विस्तार भएको र बजार मूल्यमा वृद्धि भए पनि अपेक्षित मात्रामा उत्पादन नहुँदा उत्पादकत्वमा कमी आएको हो।

कृषि विकास कार्यालय म्याग्दीका अनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन करिब ५ दशमलव ५६ प्रतिशतले घटेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। कार्यालय प्रमुख सञ्जीव बास्तोलाका अनुसार यस वर्ष मौसम अनुकूल रहनुका साथै रोग र किराको खासै समस्या नदेखिए पनि बोटमा फलको दाना पातलो लागेकाले उत्पादन घटेको हो।

“यस वर्ष मौसमले साथ दिएको छ। रोगकिरा वा प्राकृतिक विपद्को असर पनि देखिएन, तर सुन्तलामा दाना कम लाग्यो,” प्रमुख बास्तोलाले भन्नुभयो, “सुन्तलाखेतीमा एक वर्ष धेरै फल लाग्ने र अर्को वर्ष कम लाग्ने प्राकृतिक चक्र हुने भएकाले त्यसको प्रभाव उत्पादनमा परेको हो।”

गत वर्ष जिल्लामा ४२५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो। प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिक टनका दरले कुल ४ हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। यस वर्ष भने क्षेत्रफल बढेर ४३० हेक्टर पुगेको भए पनि प्रतिहेक्टर उत्पादन घटेर १० दशमलव ५ मेट्रिक टनमा सीमित भएको छ। यसअनुसार यस वर्ष करिब ४ हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ।

कृषि विकास कार्यालयले किसानका बगैँचामा गरिएको नमूना अध्ययनका आधारमा प्रारम्भिक तथ्याङ्क संकलन गरेको जनाएको छ। सबै बगैँचाको सुन्तला बिक्री भइसकेपछि वास्तविक तथ्याङ्क संकलन गरिने कार्यालयले जानकारी दिएको छ।

उत्पादन घटे पनि यस वर्ष सुन्तलाको बजार मूल्य भने बढेको छ। किसानका अनुसार यस वर्ष सुन्तला प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा बिक्री भइरहेको छ, जुन गत वर्षको तुलनामा प्रतिकिलो करिब ५ रुपैयाँले बढी हो। औसत बिक्री मूल्यका आधारमा म्याग्दीमा यस वर्ष उत्पादन हुने सुन्तलाबाट करिब ३१ करोड ६० लाख ५० हजार रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ।

कृषि विकास कार्यालयका तथ्याङ्कअनुसार जिल्लामा हाल करिब ८३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ। राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङलगायत क्षेत्रमा दुई सयभन्दा बढी व्यावसायिक सुन्तला बगैँचा सञ्चालनमा छन्।

यहाँ उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीसँगै काठमाडौँ, पोखरा, मुग्लिनलगायत ठूला बजारमा बिक्री हुँदै आएको छ। यातायात सुविधा सहज भएकाले व्यापारीहरू सिधै गाडी लिएर किसानका बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र तथा स्थानीय तहका कृषि शाखाहरूले सुन्तला खेती प्रवर्द्धनका लागि बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ आयोजना तथा बजारीकरणमा निरन्तर सहयोग गर्दै आएका छन्। यस्ता सहयोगका कारण क्षेत्रफल र बजार पहुँच विस्तार भए पनि उत्पादकत्व बढाउन थप प्राविधिक सुधार आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved