Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जिर्मले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु, अब ३२ भन्दा बढी जाँच गाउँमै उपलब्ध

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २१, २०८२ मा प्रकाशित

इलाम। इलाम जिल्लाको रोङ गाउँपालिका–६ स्थित जिर्मले स्वास्थ्य चौकीमा अब प्रयोगशाला (ल्याब) सेवा सञ्चालनमा आएको छ। यससँगै स्थानीय बासिन्दाले सामान्यदेखि अत्यावश्यक स्वास्थ्य परीक्षणका लागि अब टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ।

नवसञ्चालित प्रयोगशालामार्फत क्षयरोगको खकार परीक्षण, औलोका लागि रक्त नमुना संकलन तथा परीक्षण, गर्भावस्था परीक्षण, रक्तचाप र मधुमेह जाँचलगायत ३२ भन्दा बढी प्रकारका स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइएको स्वास्थ्य चौकीले जनाएको छ। यसअघि यी सेवाका लागि बिरामीहरू झापाको बौद्धमोडलगायतका स्थानमा जानुपर्ने अवस्था थियो।

स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति र जिर्मले स्वास्थ्य चौकी सुधार तथा संरक्षण समितिको संयुक्त बैठकले प्रयोगशाला सेवा सुरु गर्ने निर्णय गरेपछि सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको स्वास्थ्य चौकी इन्चार्ज दिलीप उराउले जानकारी दिए। उनका अनुसार रोङ गाउँपालिकाको समन्वय र सहयोगमा ल्याब सेवा सञ्चालनमा ल्याइएको हो।

यसअघि फिजियोथेरापी सेवा सञ्चालन हुँदै आएको यस स्वास्थ्य चौकीले सेवा विस्तारलाई निरन्तरता दिँदै प्रयोगशाला सेवा थप गरेको इन्चार्ज उराउले बताए। “अपाङ्गता भएका तथा दीर्घरोगी बिरामीलाई लक्षित गरी फरक र प्रभावकारी स्वास्थ्य सेवा दिनेतर्फ हामीले प्रयास गरिरहेका छौं,” उनले भने।

रोङ गाउँपालिका–६ का वडाध्यक्ष सत्यम राईसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको निरन्तर पहलका कारण स्वास्थ्य चौकीमा नयाँ सेवा थप्न सम्भव भएको स्वास्थ्य चौकीले जनाएको छ। स्थानीयस्तरमै गुणस्तरीय सेवा विस्तार गर्न सबै पक्षको सहकार्य महत्वपूर्ण रहेको उनीहरूको भनाइ छ।

स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य दलबहादुर योञ्जनका अनुसार यसअघिसम्म प्रयोगशाला सेवा लिन बिरामीले जिल्ला बाहिर जानुपर्ने अवस्था थियो। “अब गाउँमै परीक्षण सेवा उपलब्ध हुँदा स्थानीयवासी निकै खुसी छन्, बिरामीले छिटो र सहज रूपमा सेवा पाउने भएका छन्,” उनले भने।

यस्तै, यस स्वास्थ्य चौकीबाट टोलस्तरीय स्वास्थ्य सेवा शिविर सञ्चालन तथा महिला स्वास्थ्य स्वयंसेविका परिचालन कार्यक्रमसमेत भइरहेको हेल्थ असिस्टेन्ट सुष्मा लिम्बूले जानकारी दिइन्। उनका अनुसार स्वयंसेविकालाई रक्तचाप जाँच गर्ने तालिम दिई घर–घरमै आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने कामसमेत भइरहेको छ।

ल्याब टेक्निसियन अप्सना खवासका अनुसार जिर्मले स्वास्थ्य चौकीमा मासिक रूपमा आयुर्वेदिक स्वास्थ्य शिविरसमेत सञ्चालन हुँदै आएको छ। आधुनिक र परम्परागत दुवै प्रकारका स्वास्थ्य सेवालाई समेटेर सेवा प्रवाह गरिँदा स्थानीय समुदायको स्वास्थ्य अवस्थामा सकारात्मक सुधार आउने अपेक्षा गरिएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.