Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

टारी गोल्डकपमा खेलाडी र अम्पायरको दुर्घटना बिमा, सुरक्षित खेलप्रति आयोजकको पहल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २२, २०८२ मा प्रकाशित

इलाम। इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–३ टारीमा आयोजना हुने टारी गोल्डकप फुटबल प्रतियोगिताका खेलाडी तथा अम्पायरलाई दुर्घटना बिमाको व्यवस्था गरिएको छ। ग्रामीण क्षेत्रमा खेलकुद प्रतियोगिता आयोजना गर्दा आर्थिक चुनौती रहने अवस्थाबीच पनि टारी फुटबल क्लबले खेलाडीको सुरक्षा प्राथमिकतामा राख्दै यो कदम चालेको हो।

आयोजकका अनुसार प्रतियोगिताको अवधिमा कुनै अप्रिय दुर्घटना भएमा खेलाडी तथा अम्पायरले अधिकतम एक लाख रुपैयाँसम्मको बिमा सुविधा पाउने व्यवस्था गरिएको छ। यस अन्तर्गत ६२ जना पुरुष खेलाडी र ४ जना अम्पायरको दुर्घटना बिमा गरिएको टारी फुटबल क्लबका सचिव रुपेनराज नेम्बाङले जानकारी दिए।

सचिव नेम्बाङका अनुसार बिमा व्यवस्थाले खेलाडीको मनोबल बढाउनुका साथै प्रतियोगितालाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

दुर्घटनाको जोखिम न्यूनीकरण हुँदा खेलाडी मात्र होइन, आयोजक पक्ष पनि मानसिक रूपमा सुरक्षित हुने उनको भनाइ छ। यसले आयोजकप्रतिको भरोसा र विश्वासलाई समेत मजबुत बनाउने अपेक्षा गरिएको छ।

खेलाडी तथा अम्पायरको बिमा निको इन्स्योरेन्स कम्पनीमार्फत गरिएको हो। हाल बिमामा समावेश हुने खेलाडीको नाम सूची सार्वजनिक नगरिए पनि प्रतियोगिता सुरु हुनुअघि सबै खेलाडी र अम्पायरको विवरण अनिवार्य रूपमा बिमा कम्पनीमा पेश गर्नुपर्ने सर्त रहेको आयोजकले जनाएको छ।

टारी गोल्डकप तथा सांस्कृतिक महोत्सव यही पुस २३ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने छ। माघे संक्रान्तिको अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिता यस वर्ष पनि निरन्तरता दिइएको हो। प्रतियोगिताअन्तर्गत खुला पुरुष फुटबल, भेट्रान तथा नवयुवा (अन्डर–१४) समूहका खेलहरू समावेश गरिनेछन्।

खुला पुरुषतर्फ १६ टिमको सहभागिता रहने छ। यस समूहका विजेताले ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ३५ हजार रुपैयाँ पाउनेछन्। भेट्रान समूहमा ८ टिम सहभागी हुनेछन्, जहाँ विजेतालाई २० हजार र उपविजेतालाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, नवयुवा समूहमा विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने व्यवस्था गरिएको छ। यसपटक सबै समूहका लागि टिम दर्ता निःशुल्क गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिता केवल खेलकुदमा सीमित नरही स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनको माध्यमसमेत बन्ने आयोजकको लक्ष्य रहेको छ। आयोजक समितिका अध्यक्ष महेन्द्र साउदेनका अनुसार विभिन्न जातजातिका सांस्कृतिक झाँकी, रैथाने परिकार तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्रीलाई समेत महोत्सवको मुख्य आकर्षण बनाइनेछ।

यस वर्ष टारी फुटबल क्लबले आफ्नै खेल मैदानमा पहिलो पटक यो प्रतियोगिता आयोजना गर्न लागेको हो, जसले स्थानीय खेलकुद विकाससँगै समुदायको पहिचानलाई समेत थप सशक्त बनाउने विश्वास लिइएको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved