Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

दिगो कृषिका अभ्यास र लाभ–साझेदारीबारे अन्तर्राष्ट्रिय छलफल, १५ देशका विज्ञको इलाम अवलोकन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २५, २०८२ मा प्रकाशित

इलाम। कृषि क्षेत्रमा दिगो अभ्यास, उत्पादनशीलता अभिवृद्धि र लाभ–साझेदारीका सफल मोडेलबारे अनुभव साटासाट गर्न १५ देशका विज्ञ तथा प्रतिनिधिहरू इलाम आइपुगेका छन्। एशियन प्रोडक्टिभिटी अर्गनाइजेशन (एपिओ) तथा नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेशनल प्रोडक्टिभिटी एण्ड इकोनोमिक डेभलपमेन्ट सेन्टर (एनपिइडीसी) को संयुक्त पहलमा जिल्लामा बहुराष्ट्रिय अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरिएको हो।

जनवरी ७ देखि ९ सम्म सञ्चालन हुने उक्त कार्यक्रम कृषि क्षेत्रमा उत्पादकता वृद्धि, मूल्य शृंखला विकास, लागत न्यूनीकरण तथा दिगो कृषि प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा एपिओका २१ सदस्य राष्ट्रमध्ये १५ सदस्य राष्ट्रका ३८ जना प्रतिनिधि सहभागी छन्।

कार्यक्रममा जापान, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, मंगोलिया, चीन, नेपाल, बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान र टर्कीका सरकारी अधिकारी, कृषि विज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता तथा कृषि उद्यमसँग आबद्ध प्रतिनिधिहरूको सहभागिता रहेको छ।

अध्ययन भ्रमणको क्रममा सहभागी टोलीले इलामका प्रसिद्ध चिया बगान र चिया प्रशोधन उद्योग, दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन केन्द्र, साथै अलैंची खेती गरिएका क्षेत्रहरूको स्थलगत अवलोकन गरेको छ। चिया क्षेत्रमा अपनाइएका आधुनिक प्रविधि, गुणस्तर सुनिश्चित गर्ने प्रणाली, अन्तर्राष्ट्रिय बजार लक्षित रणनीति तथा सहकारी र उद्योगबीचको सहकार्य मोडेलबारे सहभागीहरूले विस्तृत जानकारी लिएका थिए।

त्यस्तै, दुग्धजन्य उत्पादनतर्फ चिज उद्योगमा प्रयोग हुँदै आएका प्रशोधन प्रविधि, स्थानीय कच्चा पदार्थको उपयोग, मूल्य अभिवृद्धि र बजार व्यवस्थापनका अभ्यासबारे गहन छलफल गरिएको थियो। अलैंची बगान अवलोकनका क्रममा उत्पादन वृद्धि गर्ने उपाय, रोग नियन्त्रण, किसानको सक्रिय सहभागिता र आम्दानी बढाउने सम्भावनाबारे अनुभव आदान–प्रदान भएको जनाइएको छ।

कार्यक्रमको मुख्य केन्द्रबिन्दु कृषि क्षेत्रमा लाभ–साझेदारी प्रणाली रहेको एनपिइडीसीका प्रबन्धक भिम भट्टराईले बताए। उत्पादन वृद्धि, गुणस्तर सुधार वा लागत घटाएर प्राप्त हुने अतिरिक्त लाभ किसान, सहकारी, उद्योग तथा अन्य सरोकारवालाबीच कसरी न्यायोचित रूपमा बाँडफाँड गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको उनले जानकारी दिए। सहभागीहरूले आ–आफ्ना देशमा कार्यान्वयनमा रहेका सफल अभ्यास प्रस्तुत गर्दै नेपालजस्ता कृषि प्रधान मुलुकमा यसको उपयोग सम्भावनाबारे सुझाव दिएका थिए।

नेपालमा एपिओका कार्यक्रमहरू कार्यान्वयन गर्ने आधिकारिक निकाय एनपिइडीसीले यस कार्यक्रमको सम्पूर्ण समन्वय गरेको हो। यस्ता अन्तर्राष्ट्रिय अध्ययन भ्रमणहरूले नेपालमा कृषि, उद्योग तथा सेवा क्षेत्रमा उत्पादकता संस्कृतिको विकास, सीपयुक्त जनशक्ति निर्माण र नीतिगत सुधारमा सहयोग पुर्‍याउँदै आएको भट्टराईले उल्लेख गरे।

एपिओले एशिया–प्रशान्त क्षेत्रका सदस्य राष्ट्रहरूको आर्थिक तथा सामाजिक विकासका लागि तालिम, अध्ययन भ्रमण, अनुसन्धान, नीति परामर्श तथा क्षमता विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

इलामजस्ता चिया, अलैंची र दुग्धजन्य उत्पादनमा उच्च सम्भावना बोकेका जिल्लामा बहुराष्ट्रिय टोलीको भ्रमणले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर सिर्जना गरेको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले बताए। उनले यस्ता कार्यक्रमहरूले किसान र उद्यमीलाई नयाँ प्रविधि र बजारसँग जोड्दै कृषि क्षेत्रमा लगानी आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको समन्वय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाकी सहसचिव कल्पना श्रेष्ठले गरेकी थिइन्, जो इलामकी पूर्व प्रमुख जिल्ला अधिकारीसमेत रहिसकेकी छन्।

अवलोकन भ्रमणका क्रममा सहभागी प्रतिनिधिहरूलाई सूर्योदय नगरपालिका–१२ स्थित बरपिपल होमस्टेमा आतिथ्य सत्कार गरिएको थियो। होमस्टे सञ्चालक तथा वरिष्ठ पत्रकार केदार शर्माले यस्ता बहुराष्ट्रिय कार्यक्रमहरूले कृषि पर्यटन (एग्रो टुरिजम) प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने बताए। उनका अनुसार इलामका स्थानीय उत्पादन प्रयोग गरेर विविध परिकार तयार गरी पर्यटन र कृषिलाई सँगसँगै विकास गर्न सकिने सम्भावना प्रस्ट देखिएको छ।

आतिथ्यका क्रममा सहभागीहरूलाई स्थानीय उत्पादनबाट तयार पारिएको बाचिपाको शाकाहारी रूप ‘च्याचिपा’, मोस्क मिट, स्कुसको सुप तथा अदुवाबाट बनाइएको जुसको स्वाद चखाइएको थियो।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.