Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको नयाँ कार्यसमिति सर्वसम्मत

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २७, २०८२ मा प्रकाशित

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। कोरियाको राजधानी सउलमा आइतबार सम्पन्न शाखाको अधिवेशनअन्तर्गत बन्दसत्रबाट नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो।

अधिवेशनमा शाखाका कुल २७ सदस्यहरूमध्ये १९ जनाको सक्रिय सहभागिता रहेको थियो। सहभागी सदस्यहरूको सहमतिमा सन्तोष खड्कालाई अध्यक्ष पदमा चयन गरिएको छ।

त्यसैगरी महिला उपाध्यक्षमा सबिना कार्की, खुला उपाध्यक्षमा कोकिल पौडेल, सचिवमा बासुदेव भट्ट तथा समावेशी सहसचिवमा राजकुमार तामाङ चयन भएका छन्। नवगठित कार्यसमितिको कोषाध्यक्षमा प्रमिला बुढाथोकी चयन भएकी छन् भने सदस्यहरूमा सुमन कार्की र शिवबहादुर कार्की चयन भएका छन्।

यसैगरी, केन्द्रीय परिषद् सदस्यमा केशव पोख्रेल सर्वसम्मत रूपमा चयन भएका छन्। नयाँ कार्यसमितिले कोरियामा कार्यरत नेपाली पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

अधिवेशनको उद्घाटन सत्रमा भर्चुअल माध्यमबाट नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मालगायत वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। खुला सत्रमा केन्द्रीय प्रतिनिधिका रूपमा नेपाल पत्रकार महासङ्घ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठको पनि सहभागिता रहेको थियो।

उद्घाटन सत्रमा दक्षिण कोरियामा क्रियाशील विभिन्न नेपाली सङ्घ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रवासी पत्रकारितालाई थप सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.