Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

हुक्का सुरक्षित भन्ने भ्रमः युवामाझ बढ्दो प्रयोगले गम्भीर स्वास्थ्य जोखिम बढाउँदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २९, २०८२ मा प्रकाशित

काठमाडौँ । पछिल्लो समय हुक्कालाई पानीको वाफ मात्र भएको र चुरोटभन्दा कम हानिकारक भन्ने गलत धारणा फैलिँदै गएको छ। तर स्वास्थ्य विज्ञहरूका अनुसार हुक्का चुरोटभन्दा झन् बढी हानिकारक हुनसक्छ र यसले क्यान्सरजस्ता गम्भीर रोगको जोखिम बढाउँछ।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रअन्तर्गत स्वास्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार नेपालमा विशेषगरी युवामाझ हुक्का सेवनको प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको छ। सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ ले सार्वजनिक स्थानमा हुक्का सेवन गर्न प्रतिबन्ध लगाए पनि रेष्टुरेन्ट, क्याफे र चियापसलमा यसको प्रयोग बढिरहेको उहाँले बताउनुभयो। नियमन र कानुनी कारबाहीका लागि सम्बन्धित निकाय सक्रिय रहेको पनि उहाँको भनाइ छ।

हुक्का के हो र किन जोखिमपूर्ण ?

हुक्का विशेष प्रकारको पाइपमार्फत सुर्तीलाई कोइलाको तापले तातो बनाएर उत्पन्न हुने धुवाँ तानेर सेवन गरिन्छ। यसमा सुर्तीका पातको धुलो प्रयोग हुन्छ, जुन विभिन्न स्वाद र सुगन्धमा उपलब्ध हुन्छ। स्याउ, पुदिना, चकलेट, नरिवल, खरबुजाजस्ता फ्लेवरले हुक्कालाई आकर्षक बनाउँछन्, जसका कारण सेवनकर्ताले यसको जोखिमलाई कम आँक्ने गरेका छन्।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार हुक्कामा प्रयोग हुने पानीले धुवाँ ‘सफा’ गर्छ भन्ने धारणा गलत हो। पानीको प्रयोग धुवाँ चिसो बनाउनका लागि गरिन्छ, तर यसले विषालु रसायन हटाउँदैन। बरु पानीबाट पार भएपछि धुवाँ अझै सूक्ष्म र गहिरोसम्म फोक्सोमा पुग्ने खतरा हुन्छ।

फ्लेवर र निकोटिनको दोहोरो असर

हुक्कामा प्रयोग गरिने फ्लेवरयुक्त पदार्थले नमीठो गन्धलाई मीठो बनाउँछ, जसले सेवनकर्तालाई सजिलै आकर्षित गर्छ। निकोटिनले लत लगाउने र फ्लेवरले धुवाँलाई सह्य बनाउने भएकाले युवामाझ यसको प्रयोग बढिरहेको छ। निकोटिनले प्रत्यक्ष क्यान्सर नबनाए पनि मुटु तथा रक्तचापसँग सम्बन्धित रोगको जोखिम बढाउँछ।

ह्याम्स अस्पतालकी वरिष्ठ फोक्सो रोग तथा क्रिटिकल केयर विशेषज्ञ डा. रक्षा पाण्डेका अनुसार हुक्काको धुवाँमा क्यान्सर गराउने तत्व पानीमै बस्छन् भन्ने सोचाइ गलत हो। “हुक्का तान्दा पानी तानिँदैन, पानीको फोकाभित्र रहेका विषालु कण सिधै शरीरमा प्रवेश गर्छन्,” उहाँले बताउनुभयो।

एउटा हुक्का बराबर सय चुरोट ?

अध्ययनअनुसार एक पटक हुक्का ३० देखि ४५ मिनेटसम्म तान्दा त्यो करिब सयवटा चुरोट सेवन गरेसरह हुन सक्छ। हुक्कामा एक सर्कोमा चुरोटभन्दा धेरै धुवाँ शरीरभित्र जाने भएकाले निकोटिन, कार्बन मोनोअक्साइड र क्यान्सर गराउने रसायनको मात्रा अत्यधिक हुन्छ।

डा. पाण्डेका अनुसार हुक्कामा प्रयोग हुने कोइला र ब्रिकेटबाट निस्कने कार्बन मोनोअक्साइड चुरोटभन्दा बढी हुन्छ। यसले मुटुको चाल बढाउने, उच्च रक्तचाप, कोलेस्ट्रोल वृद्धि तथा फोक्सो, मुटु र खाना खाने नलीको क्यान्सरको जोखिम बढाउने गर्छ।

क्यान्सर र अन्य दीर्घरोगको खतरा

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हुक्काको धुवाँमा कार्सिनोजेनिक तत्व, निकोटिन, नाइट्रोजन यौगिक, फिनोल र अन्य हानिकारक रसायन हुन्छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार हुक्काको धुवाँमा सिगरेटसरह वा कतिपय अवस्थामा अझ बढी विषालु कण हुन्छन्, जुन फोक्सोसम्म सजिलै पुगेर क्यान्सर निम्त्याउन सक्छ।

हुक्का सेवनले फोक्सोको क्यान्सर, मुख र घाँटीको क्यान्सर, फोक्सोको क्षमता घट्ने तथा हृदय रोगको जोखिम बढाउँछ। एउटै पाइप वा नली धेरैले प्रयोग गर्दा क्षयरोग, हेपाटाइटिस र फ्लुजस्ता संक्रामक रोग सर्नसक्ने सम्भावनासमेत रहन्छ।

हुक्काबाट चुरोटतर्फको लत

स्वास्थ्य विज्ञहरूका अनुसार हुक्का सधैं उपलब्ध नहुँदा वा महँगो परेपछि धेरै सेवनकर्ता चुरोटतर्फ आकर्षित हुने गर्छन्। यसले दीर्घकालीन रूपमा धुमपानको लतलाई अझ बलियो बनाउँछ।

विशेषज्ञहरूका अनुसार गर्भवती महिलाले हुक्का सेवन गर्दा शिशु कम तौलको जन्मिन सक्ने, श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने र दीर्घकालीन स्वास्थ्य असर पर्न सक्ने जोखिम पनि रहन्छ।

सचेतना आवश्यक

स्वास्थ्यकर्मीहरू हुक्का सुगन्धित र सामाजिक रूपमा आकर्षक देखिए पनि सुरक्षित नभएको स्पष्ट पार्छन्। हुक्कालाई ‘कम हानिकारक’ ठान्ने भ्रम तोड्न र युवामाझ सचेतना फैलाउन तत्काल कदम चाल्नुपर्ने उनीहरूको सुझाव छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.