Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सातौँ सुनाखरी गोल्डकप–२०८२ सुरु, लट्टेबारी र रानीटारको प्रभावशाली जित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ३०, २०८२ मा प्रकाशित

इलाम राँके। सातौँ संस्करणको सुनाखरी गोल्डकप–२०८२ को पहिलो दिन दुई प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन्, जसमा लट्टेबारी एफसी र रानीटार एफसीले आ–आफ्नो खेलमा जित निकाल्दै प्रतियोगिताको क्वार्टरफाइनल चरणमा स्थान सुरक्षित गरेका छन्।

उद्घाटन खेलमा लट्टेबारी एफसीले फाल्गुनन्द ग्रीनपिसमाथि ५–० को फराकिलो जित दर्ता गर्दै दर्शकको ध्यान तानेको थियो। खेलको सुरुदेखि नै आक्रामक देखिएको लट्टेबारीका कप्तान डिप्लब नेम्वाङले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। उनका तीनै गोलले टिमलाई सहज अग्रता दिलायो। यसका साथै सुमन लावती र सागर नेम्वाङले समान एक–एक गोल गर्दै जितलाई थप मजबुत बनाए।

उत्कृष्ट खेल प्रस्तुत गरेका कप्तान डिप्लब नेम्वाङलाई खेलको ‘म्यान अफ द म्याच’ घोषित गरिएको थियो। उनको नेतृत्व र गोल क्षमताले लट्टेबारीलाई प्रतियोगिताको बलियो दावेदारका रूपमा प्रस्तुत गरेको आयोजकले जनाएको छ।

पहिलो दिनको दोस्रो खेलमा रानीटार एफसीले यलम्बर स्पोर्टिङ क्लबलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ। रानीटारका लागि सौरभ गुरुङ र टिमका कप्तान विमल गुरुङले एक–एक गोल गर्दै जित सुनिश्चित गरे। खेलभरि सन्तुलित प्रदर्शन गरेका सौरभ गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए।

कक्फेक्वा तङ्नाम–५०८५ तथा सोनाम ल्होसारको पावन अवसर पारेर सुनाखरी युथ क्लब, फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिता स्वर्गीय प्रसाद सिङ्दन तामाङ र स्वर्गीय बिमाया सिङ्दन तामाङको स्मृतिमा सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ।

अमर नेम्वाङ स्मृति खेलमैदानमा माघ ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीलाई नगद ५१ हजार १११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

यसैगरी, व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता घोषित खेलाडीलाई पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषणा गरी विशेष ट्रफी प्रदान गरिनेछ।

आठ टिमको सहभागिता रहने भेट्रान्स तर्फको प्रतियोगितामा विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। खुल्ला तर्फको पुरस्कार सुखबहादुर सिङ्दन तामाङ र तुलबहादुर सिङ्दन तामाङले प्रायोजन गरेका छन् भने भेट्रान्स तर्फको प्रथम पुरस्कार आनन्द विक्रम नेम्वाङले प्रायोजन गरेका हुन्।

स्थानीय स्तरमा फुटबलको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको सुनाखरी गोल्डकपले यस क्षेत्रको खेलकुद गतिविधिमा थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.