Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

एफसीलाई सिरिजंगा स्मृति फुटबलको उपाधि, ट्राइबेकरमा आयोजक पराजित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ३, २०८२ मा प्रकाशित

फाकफोकथुम गाउँपालिका–३ स्थित आमचोकमा सम्पन्न ‘एफसी चौथो संस्करण सिरिजंगा स्मृति खुला फुटबल प्रतियोगिता’को उपाधि आमचोक एफसीले जितेको छ। रातमाटेमा अवस्थित सिरिजंगा स्मृति खेलमैदानमा पौष २९ गतेदेखि सुरु भएको प्रतियोगिता शुक्रबार भव्य रूपमा सम्पन्न भएको हो।

खुला ९–ए–साइड नकआउट ढाँचामा सञ्चालन गरिएको पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक बनेको थियो। निर्धारित समयमा आमचोक एफसी र आयोजक सिरिजंगा एफसीबीच १–१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा आमचोक एफसीले ५–४ गोलको नाटकीय जित निकाल्दै च्याम्पियन बन्न सफल भयो। घरेलु मैदानमै उपाधि जित्ने लक्ष्य लिएको सिरिजंगा एफसी उपविजेतामा सीमित रह्यो।

उपाधिसँगै आमचोक एफसीले नगद ५५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको सिरिजंगा एफसीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। विजेता तथा उपविजेता टोलीलाई फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले पुरस्कार वितरण गर्दै खेलकुदले युवालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने उल्लेखनीय माध्यम भएको बताए।

प्रतियोगिताका विभिन्न व्यक्तिगत विधातर्फ पनि खेलाडीहरू पुरस्कृत भएका छन्। आमचोक एफसीका पुजन राई प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए भने सिरिजंगा एफसीका मणि थेगिम उत्कृष्ट डिफेन्डर चुनिए। त्यस्तै बुद्ध विगिनीङ रविका अनित मगर सर्वाधिक गोलकर्ता घोषित हुँदा आमचोक एफसीका समिर लिम्बू उत्कृष्ट गोलरक्षकको उपाधि जित्न सफल भए।

कार्यक्रम सञ्चालक आइन्द्र थेगिमका अनुसार प्रतियोगिता सिरिजंगा सांस्कृतिक क्लबको आयोजनामा सम्पन्न भएको हो। प्रतियोगितामा फाकफोकथुम गाउँपालिकाको प्राविधिक सहयोग तथा वडा नं. ३, रातमाटेको सहकार्य रहेको थियो।

खेलसँगै माघ २ गते स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा बृहत् सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो, जसले स्थानीय समुदायमा थप उत्साह थपेको थियो।

सिरिजंगा सांस्कृतिक क्लबका अध्यक्ष मचिन्द्र नेम्वाङले प्रतियोगिताले ग्रामीण क्षेत्रमा खेलकुदको विकास, प्रतिभा पहिचान तथा युवालाई अनुशासित र सक्रिय बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र व्यापक बनाउँदै लैजाने योजना रहेको पनि उनले जानकारी दिए।

 

फोटोः स्पोर्स नेपालबाट 

 

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.