Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन २९, २०८२ मा प्रकाशित

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिले दैनिक रूपमा कृषिउपजको मूल्य अद्यावधिक गर्दै बजारको अवस्था र आपूर्तिको आधारमा थोक दर निर्धारण गर्ने गरेको छ।

आज सार्वजनिक गरिएको विवरणअनुसार विभिन्न तरकारी तथा फलफूलको मूल्यमा भिन्नता देखिएको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँमा कारोबार भइरहेको छ भने गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५० रुपैयाँ र गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी तराई क्षेत्रबाट आउने सानो गोलभेँडाको मूल्य प्रतिकिलो ६२ रुपैयाँ तोकिएको छ।

आलु रातो प्रतिकिलो २२ रुपैयाँ र आलु रातो (मुडे) २४ रुपैयाँमा पाइनेछ। प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ निर्धारण गरिएको छ।

अन्य तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ तथा तराई क्षेत्रको गाजर प्रतिकिलो ४० रुपैयाँ कायम भएको छ। बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ र बन्दा (नरिबल) प्रतिकिलो २० रुपैयाँमा कारोबार भइरहेको छ। काउली स्थानीय प्रतिकिलो २५ रुपैयाँ तथा ज्यापू काउली ३५ रुपैयाँमा उपलब्ध छ भने तराईबाट आएको काउली प्रतिकिलो ३० रुपैयाँ तोकिएको छ।

मूला जातमा रातो मूला प्रतिकिलो ३५ रुपैयाँ, सेतो मूला (लोकल) १५ रुपैयाँ र सेतो मूला (हाइब्रिड) २० रुपैयाँ कायम गरिएको छ। भन्टा लाम्चो प्रतिकिलो ४५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँमा पाइनेछ।

यसैगरी मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (लोकल) ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ३५ रुपैयाँ तथा घिउ सिमी (राजमा) ७० रुपैयाँ कायम भएको छ। टाटे सिमी प्रतिकिलो ४० रुपैयाँ, तिते करेला ११० रुपैयाँ, लौका ६० रुपैयाँ र परवर (तराई) ११० रुपैयाँ तोकिएको छ।

घिरौँला प्रतिकिलो ७० रुपैयाँ, पाकेको फर्सी ६५ रुपैयाँ तथा हरियो फर्सी (लाम्चो र डल्लो) दुवै प्रतिकिलो १५ रुपैयाँ कायम गरिएको छ। सलगम प्रतिकिलो ५० रुपैयाँ, भिन्डी ११० रुपैयाँ, सखरखण्ड ७५ रुपैयाँ, बरेला ४० रुपैयाँ, पिँडालु ६० रुपैयाँ र स्कुस ४० रुपैयाँ तोकिएको छ।

हरियो सागसब्जीतर्फ रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो ८० रुपैयाँ, चमसुर ८० रुपैयाँ, तोरीसाग ३५ रुपैयाँ, मेथी ८० रुपैयाँ र हरियो प्याज ४५ रुपैयाँ कायम गरिएको छ। बकुला ३५ रुपैयाँ, तरुल ७० रुपैयाँ र च्याउ (कन्य) प्रतिकिलो १४० रुपैयाँमा पाइनेछ। डल्ले च्याउ प्रतिकिलो ४५० रुपैयाँ तथा राजा च्याउ ३०० रुपैयाँ कायम भएको छ भने सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ तोकिएको छ।

विशेष तरकारीतर्फ कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, निगुरो ८० रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ, सजीवन १२० रुपैयाँ, कोइरालो ३५० रुपैयाँ र रातो बन्दा ४५ रुपैयाँ निर्धारण गरिएको छ। साथै ग्याठकोभी ६० रुपैयाँ, सेलरी १२० रुपैयाँ, पार्सले २०० रुपैयाँ, सौफको साग ८० रुपैयाँ तथा पुदिना १६० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ र स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ कायम भएको छ। केरा (दर्जन) २०० रुपैयाँ, कागती प्रतिकिलो २६० रुपैयाँ, अनार ३२० रुपैयाँ र हरियो अङ्गुर २२० रुपैयाँमा पाइनेछ। कालो अङ्गुर प्रतिकिलो ३२० रुपैयाँ तथा भारतीय सुन्तला प्रतिकिलो १६० रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी तरबुजा प्रतिकिलो ६० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, काँक्रो (हाइब्रिड) ४० रुपैयाँ र काँक्रो (लोकल क्रस) ५० रुपैयाँ कायम गरिएको छ। नास्पाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (नेपाली) ७० रुपैयाँ र मेवा (भारतीय) १२० रुपैयाँ तोकिएको छ।

लप्सी प्रतिकिलो ३०० रुपैयाँ, किनु १३० रुपैयाँ, स्ट्रबेरी ४०० रुपैयाँ, किबी ४०० रुपैयाँ र एभोकाडो प्रतिकिलो ४०० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।

मसलातर्फ अदुवा प्रतिकिलो ११० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ कायम भएको छ। हरियो खुर्सानी (बुलेट) ९० रुपैयाँ, माछे खुर्सानी ७० रुपैयाँ र अकबरे खुर्सानी प्रतिकिलो ९०० रुपैयाँ तोकिएको छ।

यसैगरी हरियो लसुन प्रतिकिलो ५० रुपैयाँ, हरियो धनियाँ ४० रुपैयाँ, सुकेको लसुन (चाइनिज) २६० रुपैयाँ र सुकेको लसुन (नेपाली) २०० रुपैयाँ निर्धारण गरिएको छ।

माछातर्फ सुकेको माछा प्रतिकिलो १,००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३५० रुपैयाँ, बचुवा माछा २८० रुपैयाँ र छडी माछा २५० रुपैयाँ कायम गरिएको छ।

समितिले बजारमा दैनिक रूपमा आउने तरकारी तथा फलफूलको आपूर्ति, माग र मौसमी अवस्थालाई आधार बनाएर मूल्य निर्धारण गरिने जनाएको छ। थोक बजारमा तय भएको मूल्य खुद्रा बजारमा भने केही फरक हुन सक्ने समितिको भनाइ छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.