Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा झापामा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र ६, २०८२ मा प्रकाशित

विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसर पारेर नेपाल डेन्टल एसोसिएसन झापा शाखाको आयोजनामा झापाको भद्रपुर नगरपालिका–९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयमा एकदिने निःशुल्क मुख तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री परमानन्द मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो भने भद्रपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष श्री रामप्रसाद दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री पवन भट्टराई, संस्थापक प्रतिनिधि श्री दुर्गा चौधरी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा अक्कल कुमार गुरुधामी ले स्वागत मन्तव्य व्यक्त गर्दै मुख स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। त्यसैगरी विद्यालयका शिक्षक श्री शम्भु सुनुवारले आयोजकप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

शिविरमा आठ जना दन्तरोग विशेषज्ञ चिकित्सकहरूको टोलीले विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई लक्षित गर्दै मुख तथा दाँतसम्बन्धी परीक्षण, परामर्श र आवश्यक औषधि वितरण गरेको थियो। साथै दन्त स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरू जस्तै टूथपेस्ट र ब्रस पनि निःशुल्क रूपमा वितरण गरिएको थियो।

उक्त शिविरबाट करिब १४० जना लाभान्वित भएको जानकारी दिइएको छ। कार्यक्रममा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. भरत खरेल तथा अन्य चिकित्सकहरूले सेवा प्रदान गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक श्री राजनकृष्ण गौतमले गर्नुभएको थियो। कार्यक्रमसम्बन्धी जानकारी विद्यालयका शिक्षक श्री बिपिन भारद्धाजले उपलब्ध गराउनुभएको हो।

मुख्य विशेषताहरू:
निःशुल्क दन्त परीक्षण तथा परामर्श सेवा
औषधि, टूथपेस्ट र ब्रस वितरण
करिब १४० जना लाभान्वित
विद्यार्थी, शिक्षक र अभिभावक सहभागी

विशेषज्ञहरूले नियमित दन्त परीक्षण, सही तरिकाले ब्रस गर्ने बानी र मुखको सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरेका छन्।

 

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved