Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गृह मन्त्री गुरुङद्वारा नेपाल प्रहरी मुख्यालय निरीक्षण, प्रविधिमैत्री र जनमुखी सेवा विस्तारमा जोड

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र १६, २०८२ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै संगठनको कार्यप्रणाली, प्रविधि प्रयोग र सेवा प्रवाहको अवस्थाबारे विस्तृत जानकारी लिएका छन्। निरीक्षणसँगै उनले प्रहरी संगठनलाई थप सुदृढ, प्रविधिमैत्री र जनमुखी बनाउन आवश्यक निर्देशनसमेत दिएका छन्।

प्रधान कार्यालय पुग्दा गृहमन्त्री गुरुङलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा अन्य वरिष्ठ अधिकृतहरूले स्वागत गरेका थिए। सो अवसरमा उनले परिसरभित्र रहेको अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

निरीक्षणका क्रममा गृहमन्त्रीले प्रहरी सङ्ग्रहालय, डिजिटल फरेन्सिक प्रयोगशाला, आर्टिफिसियल इन्टेलिजेन्स तथा एडभान्स एनालिटिक्स सेल, डाटा सेन्टर तथा पोलीग्राफ शाखाजस्ता महत्वपूर्ण इकाइहरूको अवलोकन गरेका थिए। उनले ती संरचनाहरूको कार्यक्षमता, प्रविधि उपयोग र अनुसन्धानमा तिनको योगदानबारे चासो व्यक्त गर्दै थप सुदृढीकरण आवश्यक रहेको बताए।

त्यसपछि आयोजित सम्बोधन कार्यक्रममा गृहमन्त्री गुरुङले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्दै आएको उल्लेख गरे। उनले आगामी दिनमा अझ आत्मविश्वासका साथ कार्यसम्पादन गर्न निर्देशन दिँदै प्रहरीको काममा कुनै पनि प्रकारको अनावश्यक हस्तक्षेप नहुने स्पष्ट पारे।

उनले प्रहरी र नागरिकबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै सेवा प्रवाहलाई अझ सरल, शिष्ट र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए। नागरिकसँगको व्यवहारमा विनम्रता, पारदर्शिता र विश्वास कायम गर्दै जनअपेक्षाअनुसार काम गर्नुपर्ने उनले बताए।

विपद् व्यवस्थापन, अपराध अनुसन्धान तथा ट्राफिक व्यवस्थापनमा प्रहरीको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन र तालिमको व्यवस्था गरिने पनि उनले उल्लेख गरे। साथै, प्रहरी कर्मचारीहरूको वृत्ति विकास वैज्ञानिक मूल्याङ्कन प्रणालीका आधारमा गरिने र संगठनलाई समयानुकूल प्रविधियुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरीको भूमिकाको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी, छिटोछरितो र परिणाममुखी सेवा दिन आग्रह गरे।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद मन्तव्य दिँदै नेपाल प्रहरी संविधान र कानुनको दायराभित्र रही मानवअधिकारको सम्मान गर्दै सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए। उनले संगठनलाई आधुनिक, उत्तरदायी र विश्वासिलो बनाउने दिशामा निरन्तर काम भइरहेको जानकारी गराए।

कार्यक्रमका क्रममा नेपाल प्रहरीको संरचना, जनशक्ति, अपराध अनुसन्धान, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय, ट्राफिक व्यवस्थापन लगायतका विषयमा विस्तृत प्रस्तुतीकरण पनि गरिएको थियो। देशभरका विभिन्न प्रहरी इकाइहरूका प्रमुख तथा प्रतिनिधिहरूले भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागिता जनाएका थिए।

सरकारले प्रहरी संगठनलाई आधुनिक प्रविधिसँग जोड्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित सुधारका पहललाई तीव्रता दिने संकेत गरेको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.