Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

महाभारतमा कफी खेतीको आकर्षण: अन्य जिल्लाका कृषकद्वारा अवलोकन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख ९, २०८३ मा प्रकाशित

धुलिखेल। काभ्रेपलाञ्चोकको डाँडापारि पर्ने महाभारत गाउँपालिका मा विस्तार हुँदै गएको कफी खेतीप्रति अन्य जिल्लाका कृषकहरूको चासो बढ्दै गएको छ। यसै क्रममा गण्डकी प्रदेशअन्तर्गत अन्नपूर्ण गाउँपालिका का कृषकहरूको एक टोलीले यहाँको कफी खेतीको अवलोकन गरेको छ।

अवलोकन भ्रमणमा सहभागी कृषकहरू माछापुच्छ उत्तम कफी उत्पादक सहकारी संस्था लिमिटेड का अगुवा सदस्यहरूको नेतृत्वमा आएका थिए। टोलीको नेतृत्व गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरेका थिए। उनीहरूसँगै जिल्ला कफी उत्पादक सहकारी सङ्घका प्रतिनिधिहरू पनि सहभागी भएका थिए।

अवलोकनका क्रममा कृषकहरूले महाभारत क्षेत्रमा कफी खेती व्यवस्थित ढंगले अगाडि बढाइएको पाएको बताएका छन्। यहाँको अनुभवले बाँझो जमिनको सदुपयोग गर्दै रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखाएको उनीहरूको भनाइ छ। कृषकहरूले मेहनत र योजना मिलाएर काम गर्दा गाउँमै आत्मनिर्भर बन्न सकिने उदाहरण महाभारतका किसानहरूले प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।

स्थानीय कृषकहरूले भने सञ्चारमाध्यममार्फत महाभारतको कफी उत्पादनबारे जानकारी पाएपछि अवलोकनका लागि यो क्षेत्र छनोट गरिएको बताएका छन्। महाभारत साना किसान कृषि सहकारी संस्था का अध्यक्ष हस्तबहादुर दर्लामीका अनुसार विभिन्न जिल्लाबाट कृषकहरू अवलोकनका लागि आउनु स्थानीयका लागि उत्साहजनक विषय बनेको छ।

गाउँपालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० रुपैयाँ प्रोत्साहन’ भन्ने अभियान सञ्चालन गर्दै कफी खेतीलाई प्राथमिकताका साथ विस्तार गरेको छ। साथै ‘एक वडा–एक उत्पादन’ कार्यक्रमअन्तर्गत कफीलाई मुख्य बालीको रूपमा अघि बढाइएको छ। स्थानीय सरकार र प्रदेश सरकारबीचको सहकार्यमा यो अभियानलाई थप मजबुत बनाइएको जनाइएको छ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार कफी खेतीलाई आम्दानीको भरपर्दो स्रोत बनाउँदै पर्यटनसँग समेत जोड्ने लक्ष्य राखिएको छ। इलाममा चिया हेर्न जाने चलनजस्तै महाभारतमा कफी अवलोकन गर्न आउने वातावरण निर्माण गर्ने दीर्घकालीन योजना रहेको उनले बताए।

अवलोकन टोलीले वडा नं. ४ र ५ का विभिन्न स्थानमा कफी नर्सरी, मल्चिङ प्रविधि, थोपा सिँचाइ प्रणाली, छाहारी व्यवस्थापन तथा पोखरी सिँचाइ जस्ता आधुनिक कृषि अभ्यासहरूको अध्ययन गरेका थिए। यी प्रविधिहरूले उत्पादन वृद्धि र गुणस्तर सुधारमा सहयोग पुगेको देखिएको छ।

हालसम्म गाउँपालिकामा करिब ३ हजार २०० रोपनी क्षेत्रफलमा व्यावसायिक कफी खेती विस्तार भइसकेको छ। वि.सं. २०७८ यता किसानहरूलाई तीन लाखभन्दा बढी कफीका बिरुवा वितरण गरिएको छ भने यस वर्ष थप एक लाख बिरुवा वितरण गर्ने तयारी गरिएको छ।

किसानहरूको उत्पादन क्षमता वृद्धि गर्न पालिकाले अनुदानमा बिरुवा, कृषि उपकरण तथा प्रशोधन सामग्री उपलब्ध गराउँदै आएको छ। उत्पादन र गुणस्तर दुवै राम्रो रहेको कारण यहाँ उत्पादित कफीको बजार माग समेत बढ्दो रहेको छ। गाउँपालिकाका अनुसार चालु वर्षमा मात्रै ८० टनभन्दा बढी कफी उत्पादन तथा निर्यात भइसकेको छ।
महाभारतमा कफी खेतीको विस्तारले ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै कृषकहरूको आयआर्जन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलिरहेको देखिएको छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.