Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पत्रकारिता विद्यार्थीसँग प्रेस काउन्सिलको अन्तरक्रिया, आचारसंहिता र डिजिटल मिडियामा जोड

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख १७, २०८३ मा प्रकाशित

ललितपुर — ललितपुरको चापागाउँस्थित जनभावना क्याम्पसमा अध्ययनरत आमसञ्चार तथा पत्रकारिता विषयका स्नातक तहका विद्यार्थीहरूसँग प्रेस काउन्सिल नेपालले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। ‘कलेजसँग काउन्सिल’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा पत्रकारिता आचारसंहिता, मिडिया अनुगमन र उजुरी व्यवस्थापनलगायत विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यसहित काउन्सिलका विभिन्न पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। उनीहरूले डिजिटल पत्रकारितामा बढ्दो आचारसंहिता उल्लंघनका घटनाबारे जानकारी दिँदै जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिएका थिए।

अन्तरक्रियाका क्रममा विद्यार्थीहरूलाई प्रेस काउन्सिलको कामकारबाही, अनुगमन प्रक्रिया, उजुरी दर्ता र समाधानका उपायहरूबारे जानकारी गराइएको थियो। साथै, नेपालको पत्रकारिताको वर्तमान अवस्था, देखिएका चुनौतीहरू र नियामक निकायको भूमिकाबारे पनि छलफल भएको थियो।

काउन्सिल अध्यक्ष डा. आचार्यले पत्रकारिता क्षेत्रमा भविष्य खोजिरहेका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसँगै संस्थागत संरचना र कार्यप्रणाली बुझाउन यस्ता कार्यक्रमहरू आयोजना गरिँदै आएको बताए। उनले पत्रकारितामा नैतिकता, सत्यता र जिम्मेवारीलाई सधैं प्राथमिकतामा राख्न आग्रह पनि गरे।

कार्यक्रममा क्याम्पसका शिक्षकहरू लक्ष्मण दुलाल र सुलोचना बुढाथोकीसहित करिब ३० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा विद्यार्थीहरूले मिडिया अनुगमन, पत्रकारको पहिचान, पेशागत अवसर तथा चुनौतीका विषयमा जिज्ञासा राखेका थिए।

कार्यक्रमको सहजीकरण काउन्सिलकी शाखा अधिकृत गीता पराजुलीले गरेकी थिइन् भने सहभागीहरूको जिज्ञासामा अध्यक्ष डा. आचार्य, प्रशासन शाखा प्रमुख रहमतुल्ला मियाँ तथा अनुगमन अधिकृत महेन्द्रराज सिंहले उत्तर दिएका थिए।

यस प्रकारका अन्तरक्रियात्मक कार्यक्रमले विद्यार्थीहरूलाई पत्रकारिताको व्यावहारिक पक्ष बुझ्न र पेशागत दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तस्बिर: सुजन महर्जन

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved