Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

संविधान संशोधन तयारीका लागि कार्यदलद्वारा पूर्व महान्यायाधिवक्तासँग परामर्श

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख २३, २०८३ मा प्रकाशित

काठमाडौँ — संविधान संशोधनसम्बन्धी बहसपत्र तयारीका लागि गठन गरिएको कार्यदलले आज पूर्व महान्यायाधिवक्ताहरूसँग छलफल गर्ने भएको छ। उक्त छलफललाई संविधान संशोधन प्रक्रियामा आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्व महान्यायाधिवक्ताहरूसँग परामर्श गर्न लागेको हो। छलफल आज दिउँसो ३:०० बजेदेखि ५:०० बजेसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यदलका सदस्य–सचिव लीलाधर सुवेदीका अनुसार छलफलका क्रममा सहभागी पूर्व महान्यायाधिवक्ताहरूबाट संविधान संशोधनसँग सम्बन्धित विभिन्न सुझाव, अनुभव र कानुनी दृष्टिकोण संकलन गरिनेछ।

उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा विज्ञ तथा अनुभवी कानुनविद्हरूको राय अत्यन्तै उपयोगी हुने भएकाले यस्तो परामर्श कार्यक्रम आयोजना गरिएको बताए।

कार्यदलले प्राप्त सुझावलाई समेट्दै आगामी दिनमा संविधान संशोधनसम्बन्धी बहसपत्रलाई थप परिष्कृत र व्यवहारिक बनाउने तयारी गरेको जनाएको छ।

संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकार विभिन्न सरोकारवाला निकाय, विज्ञ समूह तथा कानुनी विशेषज्ञहरूसँग निरन्तर संवादमा रहेको पनि उल्लेख गरिएको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved