Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख २४, २०८३ मा प्रकाशित

काठमाडौं — सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा नेपालको प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका छन्। न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम आगामी प्रधानन्यायाधीशका रूपमा अघि सारेको हो।

सिफारिस प्रक्रिया अनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि डा. शर्मा नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नेछन्।

न्यायपरिषद्ले वरिष्ठतम् न्यायाधीशको सट्टा चौथो वरियताक्रममा रहेका शर्मालाई सिफारिस गरेको यो पहिलो पटक भएको मानिएको छ, जसलाई न्यायिक इतिहासमा उल्लेखनीय घटनाका रूपमा हेरिएको छ।

६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा करिब पूर्ण कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने अवसर पाउनेछन्।

हाल कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई पछि पार्दै उनलाई सिफारिस गरिएको हो।

पर्सा जिल्लामा ४ असार २०२७ मा जन्मिएका शर्मा ३ असार २०९२ मा ६५ वर्ष उमेर पूरा गर्नेछन्। नेपालको न्यायिक इतिहासमा विगतका प्रधानन्यायाधीशहरूले पूर्ण ६ वर्षे कार्यकाल पूरा गर्न नसकेको अवस्था रहँदै आएको छ।

संसदीय सुनुवाइपछि उनको नियुक्ति औपचारिक रूपमा अघि बढ्नेछ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.