Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मन्त्रिपरिषद्को निर्णय: १५ अवैतनिक वाणिज्य दूत पदमुक्त, राष्ट्रपति सम्बोधनका लागि संसद् बैठक आह्वान

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख २५, २०८३ मा प्रकाशित

काठमाडौं — सरकारले विभिन्न मुलुकमा कार्यरत १५ जना नेपाली अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

बैठकले आगामी वैशाख २८ गते सोमबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्बोधन गराउने निर्णयसमेत गरेको छ। उक्त अवसरमा सांसदहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्न आह्वान गरिएको छ।

सरकारका अनुसार राष्ट्रपति सम्बोधनलाई औपचारिक रूपमा सम्पन्न गर्न संसद्का दुवै सदनका सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।

यसैगरी मन्त्रिपरिषद्ले श्रमसँग सम्बन्धित दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय महासन्धि संसद्मा पेस गर्न स्वीकृति दिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम सम्बन्धी प्रोटोकल (१९३०) र श्रम निरीक्षण सम्बन्धी महासन्धि (१९४७) अनुमोदनका लागि अघि बढाइने भएको हो।

सरकारले यी अन्तर्राष्ट्रिय मापदण्डहरू श्रम अधिकार संरक्षण, अनुगमन प्रणाली सुदृढीकरण तथा बाध्यकारी श्रम अन्त्य गर्ने उद्देश्यका साथ अघि बढाइएको जनाएको छ।

मन्त्रिपरिषद्को निर्णयलाई श्रम क्षेत्र सुधार र अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved