Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

संघीय संसद्को बर्खे अधिवेशन सुरु हुँदै, बजेटसहित ८ अध्यादेश प्रतिस्थापन मुख्य एजेन्डा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख २८, २०८३ मा प्रकाशित

काठमाडौं — संघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु हुने भएको छ। अधिवेशनको मुख्य केन्द्रबिन्दु आगामी आर्थिक वर्षको बजेटसँगै हाल सरकारले ल्याएका आठ वटा अध्यादेश प्रतिस्थापन गर्ने प्रक्रिया रहनेछ।

संघीय संसद् सचिवालयका अनुसार आजै अधिवेशन प्रारम्भ हुने दिन विभिन्न अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयकहरू पेस गरिने कार्यतालिका तय गरिएको छ। सरकारले जारी गरेका महत्वपूर्ण अध्यादेशहरूलाई कानुनी रूपमा स्थायी रूप दिन विधेयकमार्फत प्रतिस्थापन प्रक्रिया अघि बढाइनेछ।

कार्यतालिका अनुसार प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूले विभिन्न विषयका अध्यादेश संसद्मा प्रस्तुत गर्नेछन्। सार्वजनिक खरिद, संवैधानिक परिषद्, सम्पत्ति शुद्धीकरण, सहकारी व्यवस्थापन, स्वास्थ्य तथा विश्वविद्यालयसम्बन्धी ऐन संशोधन लगायतका अध्यादेशहरू छलफलका लागि पेस गरिने छन्।

त्यसैगरी अर्थमन्त्रीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश, कानुनमन्त्रीले केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश, भूमि व्यवस्था मन्त्रीले सहकारीसम्बन्धी अध्यादेश, स्वास्थ्य मन्त्रीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश र शिक्षा मन्त्रीले विश्वविद्यालयसम्बन्धी अध्यादेश पेस गर्ने कार्यक्रम रहेको छ।

आजको अधिवेशनमा दिउँसो २ बजे प्रारम्भिक बैठक बस्नेछ भने अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ।

संसद् सचिवालयका अनुसार अन्य केही विधेयकहरू तयारी अवस्थामा भए पनि हालसम्म दर्ता प्रक्रिया पूरा नभइसकेको बताइएको छ। बर्खे अधिवेशनलाई सरकारका नीति, बजेट र कानुनी सुधारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved